अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनाको मृत्यु

काठमाडौँ, २६ असार । काठमाडौँको माकलबारीमा अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु भएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार गुडिरहेको गाडीमा सिलिन्डर विस्फोट हुँदा सिलिन्डरको टुक्राले लागेर पैदल यात्रुको मृत्यु भएको हो ।

मृत्यु हुनेमा माकलबारी बस्ने ४६ वर्षीय विष्णु थापा छन् । सिलिन्डरको टुक्राले लागेर गम्भीर घाइते भएका उनलाई उपचारको लागि जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा लगिएको थियो ।

उपचारको क्रममा उनको मृत्यु भएको हो । घटनाबारे प्रहरी वृत्त बौद्धले अनुसन्धान गरिरहेको छ ।  

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ साउन । नेपाली कांग्रेस इतर समूहको राष्ट्रिय भेला आजबाट सुरु हुँदै छ । भेला काठमाडौँको सुकेधारास्थित मिराकल पार्टी

काठमाडौँ, २८ साउन । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट राजीनामा दिएका छन् । आज साँझ बसेको प्रदेशसभाको बैठकलाई सम्बोधन

काठमाडौँ, २८ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अविरल वर्षाका कारण रोल्पाको थवाङ गाउँपालिका–५, कोतलाबाङमा गएको भीषण पहिरोमा परी ७

काठमाडौँ, २८ साउन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले दुर्घटना हुनै नदिने वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध रहेको बताएका