६ टनभन्दा बढी अवैध कोइलासहित दुई जना पक्राउ

काठमाडौँ, २४ असार । जिल्ला प्रहरी परिसर काठमाडौँले ठूलो परिमाणको काठको अवैध कोइलासहित दुई जना मानिस र एउटा ट्रकलाई नियन्त्रणमा लिएको छ । 

मंगलबार बेलुकी काठमाडौँ जिल्लाको चन्द्रागिरि नगरपालिका वडा नं. २ स्थित नागढुङ्गा चेक प्वाइन्टमा प्रहरीले उनीहरूलाई समातेको हो । कपिलवस्तुबाट काठमाडौँतर्फ आउँदै गरेको बा प्र.०१–००७ ख ०५९२ नम्बरको ट्रकलाई प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरी टोलीले रोकेर चेकजाँच गरेको थियो । उक्त ट्रकमा जाँच गर्ने क्रममा बिना इजाजत ओसारपसार गरिएको ६ टन ९५० केजी अवैध काठको कोइला फेला परेको प्रहरीले जनाएको छ । 

बरामद गरिएको उक्त कोइलाको बजार मूल्य अन्दाजी ५ लाख ५६ हजार रुपैयाँ बराबर रहेको छ । अवैध कोइलासहित प्रहरीले दाङ जिल्लाको घोराही उपमहानगरपालिका वडा नं. ७ बस्ने ३६ वर्षका शिवराज चौधरी र कपिलवस्तु जिल्लाको विजय गाउँपालिका वडा नं. ३ बस्ने २६ वर्षका कमल किशोर केवटलाई नियन्त्रणमा लिएको काठमाडौँका प्रवक्ता एवं सूचना अधिकारी, प्रहरी उपरीक्षक पवन कुमार भट्टराईले जानकारी दिएका छन्  । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ साउन । नवलपुरमा बाढीले बगाउँदा एकजनाको मृत्यु भएको छ । हुप्सेकोट गाउँपालिका ४ झ्यालबास स्थित ढोङढोङे खोल्सामा आएको

काठमाडौँ, २९ साउन । रौतहट–बारा सीमासँग जोडिएको भारतको बिहारस्थित मोतीहारी जिल्लाको रामगढवा क्षेत्रमा चोरीको मोटरसाइकलसहित दुई नेपाली युवक पक्राउ परेका छन्

काठमाडौँ, २९ साउन । काभ्रेको पाँचखाल नगरपालिका–४ तामाघाट बजारमा पैदलयात्रीलाई ठक्कर दिएर स्कुटरसमेत पल्टिँदा चालकको मृत्यु भएको छ भने पैदलयात्री भने

काठमाडौँ, २९ साउन । पहिरोले बाजुराको त्रिवेणी नगरपालिका–९ ताम्सुमा दुई घरमा क्षति पुगेको छ । पहिरोमा परी दुई जना सामान्य