जेनजी आन्दोलनका क्रममा नख्खु कारागारबाट फरार प्रतिवादी पक्राउ

मकवानपुर, २४ असार । ललितपुरको नख्खु कारागारबाट फरार भएका लागुऔषध (अफिम) मुद्दाका एक कैदीलाई प्रहरीले मकवानपुरबाट पक्राउ गरेको छ । 

२०८२ साल भदौ २३–२४ गते भएको जेनजी आन्दोलनको मौका छोपेर कारागारबाट भागेका प्रतिवादीलाई खोजतलासका क्रममा प्रहरीले नियन्त्रणमा लिन सफल भएको हो । पक्राउ पर्नेमा मकवानपुर जिल्लाको बकैया गाउँपालिका वडा नं. ६ ज्यामिरे बस्ने ३९ वर्षका सुकलाल वाइवा रहेका छन् । लागुऔषध अफिम सम्बन्धी मुद्दामा अदालतबाट २० वर्षको कैद सजाय पाएर नख्खु कारागारमा सजाय भुक्तान गरिरहेका वाइवा आन्दोलनका क्रममा फरार सूचीमा रहेका थिए । 

उनलाई मकवानपुरको बकैया गाउँपालिका वडा नं. ४ स्थित जुरेली बजारबाट फेला पारी मंगलबार पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ साउन । नवलपुरमा बाढीले बगाउँदा एकजनाको मृत्यु भएको छ । हुप्सेकोट गाउँपालिका ४ झ्यालबास स्थित ढोङढोङे खोल्सामा आएको

काठमाडौँ, २९ साउन । रौतहट–बारा सीमासँग जोडिएको भारतको बिहारस्थित मोतीहारी जिल्लाको रामगढवा क्षेत्रमा चोरीको मोटरसाइकलसहित दुई नेपाली युवक पक्राउ परेका छन्

काठमाडौँ, २९ साउन । काभ्रेको पाँचखाल नगरपालिका–४ तामाघाट बजारमा पैदलयात्रीलाई ठक्कर दिएर स्कुटरसमेत पल्टिँदा चालकको मृत्यु भएको छ भने पैदलयात्री भने

काठमाडौँ, २९ साउन । पहिरोले बाजुराको त्रिवेणी नगरपालिका–९ ताम्सुमा दुई घरमा क्षति पुगेको छ । पहिरोमा परी दुई जना सामान्य