रोजगारी सिर्जना गर्नु सरकारको उच्च प्राथमिकतामा : मन्त्री यादव

काठमाडौँ, २२ असार । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले सरकारले आन्तरिक रोजगारी सिर्जनालाई उच्च प्राथमिकतामा राखेको बताएका छन् ।

राष्ट्रियसभामा विनियोजन विधेयकको मन्त्रायलगत सोमबार भएको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै उनले यसका लागि श्रम क्षेत्रको नियमन र रोजगार प्रवर्द्धनका कार्यक्रमलाई तीव्र बनाएको जानकारी दिए । श्रम अधिकार, मर्यादित काम र श्रमिक सुरक्षालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न श्रम निरीक्षणलाई रणनीतिक प्राथमिकता दिएको उनले बताए । 

उनले भने, “पछिल्लो १०० दिनमा एक हजार ३२१ प्रतिष्ठानमा श्रम निरीक्षण सम्पन्न गरिएको छ । श्रमिकका उजुरी, निवेदन तथा निरीक्षणका क्रममा श्रम शोषणसम्बन्धी कारबाहीबाट जरिबाना र सहमतिबापत चार करोड ४० लाख ९६ हजार २०५ रुपैयाँ असुल गरिएको छ ।”

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

राजविराज, २२ असार । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र राजविराजका निमित्त प्रमुखसहित दुई कर्मचारी सोमबार घुस रकम र चेक

काठमाडौँ, २२ असार । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले निजी क्षेत्रका विभिन्न छाता संगठनका प्रतिनिधिहरूलाई बोलाएर तत्काल

काठमाडौँ, २२ असार । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको छ । समितिका अनुसार

काठमाडौँ,  २२ असार । अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र एसियाली विकास बैंकका अध्यक्ष मासातो कान्डाबिच भेटवार्ता भएको छ । सोमबार सिंहदरबारस्थित