निमित्त प्रमुखसहित २ कर्मचारी घुस लिँदै गर्दा पक्राउ

राजविराज, २२ असार । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र राजविराजका निमित्त प्रमुखसहित दुई कर्मचारी सोमबार घुस रकम र चेक लिँदै गर्दा पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, इटहरीको टोलीले केन्द्रका निमित्त प्रमुख डा. रामपवित्र दास र उनका सवारी चालक भागेन्द्र यादवलाई पक्राउ गरेको हो । प्रहरी नायब उपरीक्षक अनमोल खड्का नेतृत्वको उक्त टोलीले निमित्त प्रमुख डा. दासकै कार्यकक्षमा सवारी चालक यादवले भ्याक्सिनेटरहरुबाट घुस लिएको ३३ हजार ३ सय ५० र अन्य स्रोत नखुलेको ४८ हजार ७० रुपैयाँ गरी कुल ८१ हजार ४ सय २० रुपैयाँ नगद बरामद गरेको हो ।

फरक–फरक रकम उल्लेख भएको ५ थान चेक र दुवै जनाको १–१ थान मोबाइलसमेत बरामद गरिएको आयोगको कर्मचारी स्रोतले जानकारी दियो । घुस र चेकसहित पक्राउ गरिएका निमित्त प्रमुख डा.दास र सवारी चालक यादवमाथि थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ साउन । नवलपुरमा बाढीले बगाउँदा एकजनाको मृत्यु भएको छ । हुप्सेकोट गाउँपालिका ४ झ्यालबास स्थित ढोङढोङे खोल्सामा आएको

काठमाडौँ, २९ साउन । रौतहट–बारा सीमासँग जोडिएको भारतको बिहारस्थित मोतीहारी जिल्लाको रामगढवा क्षेत्रमा चोरीको मोटरसाइकलसहित दुई नेपाली युवक पक्राउ परेका छन्

काठमाडौँ, २९ साउन । काभ्रेको पाँचखाल नगरपालिका–४ तामाघाट बजारमा पैदलयात्रीलाई ठक्कर दिएर स्कुटरसमेत पल्टिँदा चालकको मृत्यु भएको छ भने पैदलयात्री भने

काठमाडौँ, २९ साउन । रोल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको भएको छ । प्रहरीका अनुसार चट्याङ लागेर लुङ्ग्री गाउँपालिका–१ खदरका