नक्कली नोटसहित एक महिला पक्राउ

काठमाडौँ, १ असार । कपिलवस्तुको शिवराज नगरपालिकामा नेपाली नक्कली नोटसहित एक महिला पक्राउ परेकी छिन् । 

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार शिवराज नगरपालिका वडा नं. २ हल्लानगर बस्ने ४८ वर्षीया एक महिलालाई नक्कली नोटसहित नियन्त्रणमा लिएको हो ।

गत जेठ २९ गते साँझ शिवराज नगरपालिका वडा नं. ३ खरेन्द्रपुरमा अवस्थित एक चिउरा उद्योगमा ती महिला बङ्गुरलाई खुवाउनका लागि चिउराको धुलो खरिद गर्न पुगेकी थिइन् । 

चिउराको धुलो किनेबापत उनले उद्योगको काउन्टरमा भुक्तानी गरेको रकममा उद्योगधनीले शङ्का मानेका थिए । उद्योगधनीले नोट नक्कली भएको आशङ्का गरी तत्कालै प्रहरीलाई खबर गरेपछि वडा प्रहरी कार्यालय चन्द्रौटाबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो ।

प्रहरी टोलीले उद्योगमा पुगेर ती महिलालाई तत्कालै नियन्त्रणमा लिएको थियो । जाँच गर्ने क्रममा निज महिलाले काउन्टरमा दिएको एउटै नम्बर भएका ५०० रुपैयाँ दरका १९ थान नेपाली नक्कली नोट फेला परेको प्रहरीले जनाएको छ । प्रहरीले जम्मा ९ हजार ५०० रुपैयाँ बराबरको उक्त नक्कली नोट बरामद गरेको छ ।

पक्राउ परेकी ती महिलाविरुद्ध खोटा चलन मुद्रा सम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको छ । घटनाको थप अनुसन्धानका लागि कपिलवस्तु जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिई अहिले आवश्यक अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ असार । मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि ४१ अर्ब १३ करोड ८६ लाखको बजेट विनियोजन गरेको

काठमाडौँ, १ असार । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले मन्त्रालय तथा मातहतका निकायबाट सेवा प्राप्त गर्ने क्रममा

काठमाडौँ, १ असार । सेफ सन्तोष साहलाई हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अदालतबाट म्याद लिएको छ ।  जिल्ला प्रहरी परिसर

काठमाडौँ, १ असार । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले सरकारले राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको सुदृढीकरणलाई प्राथमिकतामा राखेको बताएका छन् ।