पत्रकार र सांसदमाथिको अर्थमन्त्रीको टिप्पणीप्रति प्रदीप ज्ञवालीको आपत्ति

काठमाडौँ, २९ जेठ । नेकपा (एमाले)का नेता प्रदीप ज्ञवालीले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई आफूमाथि उठेका प्रश्नहरूको तथ्यगत जवाफ दिन आग्रह गर्दै पत्रकार र सांसदप्रति गरिएको टिप्पणीप्रति आपत्ति जनाउनुभएको छ।

सामाजिक सञ्जाल फेसबुकमा प्रतिक्रिया जनाउँदै ज्ञवालीले अर्थमन्त्रीको आलोचना गर्ने सञ्चारमाध्यमहरूलाई ‘खोस्टा’ भन्न नमिल्ने बताउनुभएको छ। “कतिपय सीमाहरू होलान्, तर मिडियाहरू लोकतन्त्रका पहरेदार हुन्,” उहाँले लेख्नुभएको छ।

उहाँले आर्थिक विधेयकमा गरिएको परिवर्तनका कारण नै अर्थमन्त्रीमाथि प्रश्न उठेको उल्लेख गर्दै संसदको अवमूल्यन हुने गरी ‘नीतिगत सेटिङ’ गरिएको आरोप लागेको बताउनुभएको छ। उक्त परिवर्तनले राजस्व संरचनामा ठूलो प्रभाव पारेको र त्यसको लाभ सीमित व्यक्ति वा घरानाले पाएको दाबीसमेत उहाँको छ।

ज्ञवालीले अर्थमन्त्रीले उठेका प्रश्नहरूको तथ्यगत जवाफ दिनुको सट्टा व्यक्तिगत आरोपमा उत्रिएको टिप्पणी गर्नुभएको छ। पत्रकारहरूलाई ‘माइक्रोसफ्ट वर्ड चलाउन नजानेका’ भन्दै उपहास गरिएको र आलोचक सांसदहरूलाई धम्कीपूर्ण शैलीमा प्रस्तुत भएको भन्दै उहाँले असन्तुष्टि व्यक्त गर्नुभएको छ।

“त्यस्तो कैफियत भएका कोही छन् भने कानुनसम्मत कारबाही गर्न कसले रोकेको छ र ?” भन्दै ज्ञवालीले लेख्नुभएको छ, “तर यस्तो उत्तेजनाले तपाईँप्रति झन् गम्भीर प्रश्न खडा गर्छन्, होइन र ?”

अर्थमन्त्री वाग्लेको पछिल्लो अभिव्यक्तिपछि आर्थिक विधेयक र करसम्बन्धी विषयमा राजनीतिक बहस थप चर्किएको छ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ जेठ । जुवाखालबाट प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा डोल्पाको ठूलीभेरी नगरपालिका–३ का ५१ वर्षीय पञ्च

काठमाडौँ, २९ जेठ । जनकपुरधाममा जेसीबीमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । धनुषा प्रहरीका अनुसार मृत्यु हुनेमा मोटरसाइकल चालक

काठमाडौँ, २९ जेठ । स्रोत नखुलेको रु आठ लाख ६१ हजार ५०० सहित नयाँ सडकबाट एक जना पक्राउ परेका छन्

काठमाडौँ, २९ जेठ । रौतहटको दक्षिणी भेगस्थित परोहा नगरपालिका–७ नरकटिया गाउँकी एक वृद्धा महिला मृत अवस्थामा फेला परेकी छन् ।