विपद् व्यवस्थापनमा नयाँ प्रविधि र ड्रोनको प्रयोगलाई प्राथमिकता दिने गृहमन्त्रीको योजना

काठमाडौँ, २८ जेठ । सरकारले विपद् व्यवस्थापनमा नयाँ प्रविधि र ड्रोनको प्रयोगलाई प्राथमिकता दिने बताएको छ ।

आज बिहान बसेको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा गृहमन्त्री सुधन गुरुङले विपद् व्यवस्थापनमा नयाँ प्रविधि र ड्रोनको प्रयोगलाई प्राथमिकता दिने योजना मन्त्रालयको रहेको बताएका हुन् । 

उनले अब २०० केजीसम्म बोक्ने हेभी लिफ्टिङ ड्रोन खरिदको प्रक्रियामा मन्त्रालय रहेको जानकारी दिए । तर, खरिद प्रक्रियामा रहेको झन्झटिलो कानुनी व्यवस्थाप्रति भने उनले असन्तुष्टि व्यक्त गरे ।

उनले भने, ‘ड्रोन खरिद गर्न सार्वजनिक खरिद ऐनअनुसार ४५ दिन लाग्छ, त्यतिन्जेल मनसुन सकिइसक्छ,’ ‘काम गर्न सहज हुने गरी ऐन संशोधनमा माननीयज्यूहरूको सहयोग चाहिन्छ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ जेठ । विशेष सरकारी वकिल कार्यालयले व्यवसायी दीपक भट्टसहित ३९ जनाविरूद्ध विशेष अदालतमा सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरेको

भक्तपुर, २८ जेठ । जनताको चासो, गुनासो र सुझाव संकलन गरी जनअपेक्षा अनुसार विकास र समृद्धिसँगै सार्वजनिक सेवा प्रवाहको कार्यसम्पादन

भक्तपुर, २८ जेठ । जनताको चासो, गुनासो र सुझाव संकलन गरी जनअपेक्षा अनुसार विकास र समृद्धिसँगै सार्वजनिक सेवा प्रवाहको कार्यसम्पादन

काठमाडौँ, २८ जेठ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अर्थ विधेयक हेरफेरमा आफूबाट बदमासी भएको छ भने मन्त्री पद नै त्याग्ने घोषणा