दुई रुपैयाँ बदमासी भएको छ भने मन्त्री त्याग्छु : अर्थमन्त्री वाग्ले

काठमाडौँ, २८ जेठ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अर्थ विधेयक हेरफेरमा आफूबाट बदमासी भएको छ भने मन्त्री पद नै त्याग्ने घोषणा गरेका छन् ।

आजको प्रतिनिधिसभा बैठकमा उनले सार्वजनिक लेखा समितिमा पनि भनेको सुनाउँदै सार्वजनिक पद त्याग्ने सुनाए । उनले भने, “एक दुईटा खोस्टाले लेखे, दुई अर्बको आशंका भनेर । दुई अर्ब होइन । दुई रुपैयाँ बदमासी, बेइमानी मबाट भएको छ भने म मन्त्री पद त्यागिदिन्छु । सार्वजनिक जीवन नै त्याग्न तयार छु,” ।

उनले सांसदहरूले सदनको ओज घटाउन नहुने बताए । “सांसदहरूले आफ्नो गरिमा आफैँ राख्नुपर्छ । सदनको ओज घटाउने कामतिर लाग्नु हुँदैन,” वाग्लेले भने ।

आफूहरूले सुशासनको ऐजेन्डा बोकेको भन्दै उनले दुई महिनामै धोका दिन नसक्ने जिकिर गरे । “सुशासनको  निर्मम ऐजेन्डा लिएर अघि बढेको । सुशासनको त्यो कठोर कटिबद्धतालाई जनताले अनुमोदित गरेको दुई महिनामा नै धोका दिन सकुँला ? सक्दैनौँ,” उनले भने ।

त्यस्तै उनले आयकर छुट १० प्रतिशत गरिएको बताए । र, निजी शिक्षामा तीन प्रतिशत कर लगाइएको उनले उल्लेख गरे ।

उनले भने, “प्राइभेट स्कुलमा लगाइएको तीन पर्सेन्टमा यता १० लाखसम्म आय छुट दिइएको छ । काठमाडौंबाहिर तीन/चार हजार पर्ने ठाउँमा तीन पर्सेन्ट भनेको एकदमै कम रकम हो । त्यसलाई इन्कम ट्याक्स रेटमा आएर वार्षिक १० लाखसम्म आम्दानी छ भन्दाखेरि जम्मा १ प्रतिशत तिर्नुपर्ने हुन्छ,” “यता हजारौँ क्षतिपूर्ति भइसकेको छ । त्यसमाथि २५ हजार रुपैयाँ वा २५ प्रतिशत निजी स्कुलमा पनि आफ्नो बालबालिकामा शैक्षिक खर्च गर्नुभयो भने कर छुट हुन्छ ।”

शिक्षामा कर दायरामा ल्याउन लगाइएको उनको भनाइ छ । “तपाईं आफ्नो बालबालिकाको लागि १० हजार, १५ हजार मासिक खर्च गर्नुहुन्छ, तर ट्याक्सनेटमा हुनु हुन्न । ट्याक्सरेटमा इनरोल हुनुस्, १० लाखसम्म आयकर नै लाग्दैन, बि रेकग्नाइज । यहाँको छुटले तपाईंको अन्य खर्चहरू जोहो हुन्छ ।”

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ जेठ । विशेष सरकारी वकिल कार्यालयले व्यवसायी दीपक भट्टसहित ३९ जनाविरूद्ध विशेष अदालतमा सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरेको

भक्तपुर, २८ जेठ । जनताको चासो, गुनासो र सुझाव संकलन गरी जनअपेक्षा अनुसार विकास र समृद्धिसँगै सार्वजनिक सेवा प्रवाहको कार्यसम्पादन

भक्तपुर, २८ जेठ । जनताको चासो, गुनासो र सुझाव संकलन गरी जनअपेक्षा अनुसार विकास र समृद्धिसँगै सार्वजनिक सेवा प्रवाहको कार्यसम्पादन

काठमाडौँ, २८ जेठ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अर्थ विधेयक हेरफेरमा आफूबाट बदमासी भएको छ भने मन्त्री पद नै त्याग्ने घोषणा