डेङ्गुको सङ्क्रमण घटाउन अब ‘सफा शुक्रबार’ कार्यक्रम

काठमाडौँ, २८ जेठ । सरकारले डेङ्गुको सङ्क्रमणदरलाई आगामी पाँच वर्षभित्र ६० प्रतिशतले घटाउने तयारी थालेको छ ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले तयार पारेको डेङ्गु रोकथाम तथा नियन्त्रण बहुक्षेत्रीय योजनामा आगामी पाँच वर्षभित्र सङ्घीय, प्रदेश र स्थानीय सरकारका सबै निकाय क्षेत्रलाई डेङ्गु नियन्त्रण र रोकथाममा सहभागी गराएर लक्ष्य प्राप्ति गरिने उल्लेख छ ।

डेङ्गुबाट हुने मृत्युदर ०.०१ प्रतिशतभन्दा कम गर्ने लक्ष्य सरकारको रहेको छ । यसका साथै योजनाअन्तर्गत डेङ्गुका गम्भीर परिणाम न्यून गर्न विशेष पहल गरिने मन्त्रालयले जनाएको छ ।

लक्ष्य प्राप्तिका लागि सरकारले सबै संयन्त्र प्रयोग गरेर रोगको फैलावट निगरानी गर्नेछ । साथमा जोखिमपूर्ण क्षेत्रका जनतालाई डेङ्गु बोकेको लामखुट्टे उक्त क्षेत्रमा पस्नुअघि नै सचेत गराउने ‘पूर्वचेतावनी प्रणाली’ सुदृढ गर्नेछ । साथै डेङ्गुवाहक लामखुट्टेको प्रवेश भएको थाहा हुनासाथ प्रतिकार्यमा सक्रिय गराउन ‘एकीकृतवाहक निगरानी प्रणाली’ लाई प्रभावकारी तथा दिगो बनाउने लक्ष्य पनि सरकारको छ । यसबाहेक रोगको जोखिम कम गर्न यसबारे सञ्चारलाई समेत प्रभावकारी बनाउने लक्ष्य सरकारको छ ।

योजनाअन्तर्गत सरसफाइ बढाएर लामखुट्टेको प्रजनन क्षमता नष्ट गर्ने र त्यसका लागि हरेक साता विशेष सरसफाइ गर्ने गरी ‘सफा शुक्रबार’ कार्यक्रम सञ्चालन गर्ने योजना पनि सरकारको छ ।

यसैगरी, विभिन्न जोखिमपूर्ण क्षेत्रमा शून्य ‘सहिष्णुता क्षेत्र’ घोषणा गर्ने र पार्कलगायत क्षेत्रमा पानीको फोहोरा, पोखरी आदि डेङ्गुवाहक लामखुट्टे हुर्किने खतरा भएका स्थानमा सरसफाइलाई कडाइसाथ लागू गर्ने तथा आम उपभोक्तामा ट्याङ्कीमा पानी भण्डारन गर्नुको साटो पाइपको पानी उपभोग गर्ने प्रवृत्ति बढाउन विशेष व्यवस्था गर्ने नीति पनि सरकारले लिनेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ भदौ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगर र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ लगायत पदाधिकारी

काठमाडौँ, २८ भदौ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले काठमाडौँको ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन एआई–सक्षम सीसीटीभी लगायतका प्रविधिको प्रयोग

काठमाडौँ, २८ भदौ । काठमाडौँ महानगरपालिकाले शहरी क्षेत्रमा बढ्दै गएको बाढीको जोखिम न्यूनीकरण गर्न ‘रिचार्ज काठमाडौँ ’ अभियान सञ्चालन गर्ने भएको

काठमाडौँ, २८ भदौ । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले काठमाडौँमा बाढीको जोखिम न्यूनीकरणका निम्ति चोभारको पानी निकासको विकल्प खोज्नुपर्ने बताएका छन्