प्रधानमन्त्रीको मुखबाटै अभिव्यक्ति सच्याउनुपर्छ : हर्क साम्पाङ

काठमाडौँ, २५ जेठ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नै सदनमा आएर नेपाल–भारत सीमाबारेको अभिव्यक्ति सच्याउनुपर्ने बताएका छन् ।

आज बसेको प्रतिनिधिसभा बैठकमा उनले प्रधानमन्त्रीको अभिव्यक्तिले आन्दोलन भइरहेको भन्दै शान्ति सुरक्षाका निम्ति भए पनि उनैले नै जवाफ दिनुपर्ने बताएका हुन् । 

उनले भने, “देशको शान्ति सुरक्षाका लागि पनि उहाँले आएर वचन सच्याउनुपर्छ । नेपाली सेनालाई सीमामा लगेर तैनाथ गर्नुपर्छ,” ।

उनले प्रधानमन्त्रीको अभिव्यक्ति परराष्ट्रमन्त्रीले सच्याउने भन्ने आफूहरूलाई मान्य नहुने बताए । उनले भने, “पराष्ट्रमन्त्रीले सच्याउने सुनिरहेको छु, त्यो हामीलाई मान्य छैन । उहाँकै मुखबाट निस्केको शब्द छ, उहाँकै मुखबाट सच्याउनुपर्छ,” ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० भदौ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीको १५ औँ महाधिवेशनको जारी प्रक्रिया रोक्न सर्वोच्च अदालतबाट अन्तरिम आदेश

हेटौँडा, १० भदाै ।  बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले मुस्लिम समुदायले गर्दै आएको दान तथा परोपकारको परम्पराले सामाजिक सद्भाव,

काठमाडौँ, १० भदौ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, १० भदौ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सूचना प्रविधि क्षेत्रमा काम गर्ने युवा उद्यमीहरूलाई निर्धक्क भएर स्वदेशमा लगानी बढाउन