इतिहास मेट्ने होइन, लेख्ने हो: महामन्त्री पौडेल

काठमाडौँ, २२ जेठ । राष्ट्रिय महिला आयोगको सदस्य कृष्णकुमारी पौडेल खतिवडाद्वारा लिखित नारी रेखा पुस्तक लोकार्पण गरिएको छ ।

आज एक कार्यक्रमका बिच नेपाली कांग्रेसका महामन्त्री प्रदीपकुमार पौडेलको प्रमुख आतिथ्यतामा उक्त पुस्तक विमोचन गरिएको हो । पुस्तकमा नेपालमा महिलाहरुको त्याग, तपस्या, योगदान तथा वलिदानीलाई विगत, वर्तमानको समिक्षा गर्दै भविष्यको दरविलो आधारलाई समेटिएको छ । पूर्वदेखी पश्चित र पहाडदेखी तराईसम्मका ७७ वटै जिल्लाहरुमा महिलाहरुले भोग्नुपरेको पीडा, हिंसा र अधिकारको संघर्षलाई पुस्तकमा दस्तावेज गर्न खोजिएको छ । पुस्तकमा लेखकले राजनीति, सामाजिक तथा राष्ट्रिय महिला आयोगमा काम गर्दा देखेका र भोगेका कुराहरुलाई पुस्तकमा समेट्दै आगामी दिनमा पुरुष र महिलाबीचको विभेदरहित समाजको कल्पना गरिएको छ ।

पुस्तकमा अबको माग र आवश्यकता महिला र पुरुषबीच समानता नभई समतामूलक समाजको कल्पना गरिएको छ । संविधानमा अधिकार समावेश गरिएपनि कार्यान्वयनमा पुरुषवादी सोचको अहिले पनि हावी भइरहेको उजागर गर्दै अब संविधानमा लेखिएको कुरालाई समाजले पढ्न र भोग्न पाउनुपर्नेमा जोड दिइएको छ । लेखक पौडेलले भन्नुभयो, ‘नारी पुस्तकले अधिकारको विषयमा जनचेतना अभिवृद्धि गर्ने महत्वपूर्ण दस्तावेज बन्नेमा वश्वास लिएको छु । पुस्तकमा लेखिएका अधिकार र संघर्षका प्रत्येक विषय वा शब्दले न्याय, समानता र मानव मर्यादाको पक्षमा आवाज उठाउने छ । पुस्तकमा समेटिएका कुराहरुले आम महिलाको अधिकारलाई बुझ्न र समाजप्रति जिम्मेवार बन्न प्रेरित गर्नेछ । आज हामीले केवल पुस्तक विमोचनमात्र गरेका होइनौं, एउटा विचार, दृष्टिकोण र सिर्जनात्मक समाजसामु प्रस्तुत गर्न खोजेको छु ।’

कार्यक्रममा बोल्दै महामन्त्री पौडेलले पुस्तकले नेपाली समाजको विगत तथा वर्तमानको ऐनाको रुपमा कार्य गर्नेमा विश्वास व्यक्त गर्दै भाविष्यमा गर्नुपर्ने आधारहरु समेत प्रस्तुत गरेको बताउनुभयो । महिला सशक्तीकरण भनेको कसैका दान नभई यो न्यायको सुन्दर समाजको ऐना भएको उल्लेख गर्दै उहाँले महिलाको राजनीतिक सहभागिता लोकतन्त्रको आधारमात्र नभई यो समाज र देशको सजावट भएको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘संविधानमा ग्यारेन्टी गरिएको ३३ प्रतिशत महिलाको हक अधिकार शुरुवात हो, अन्त्य होइन । महिलाको सम्मान नै राष्ट्रको अभियान हो । हामी र हाम्रो पार्टीले विगतका परिवर्तनका आन्दोलनहरुबाट अहिलेको अवस्था आएको हो । तसर्थः अहिले कोही एकै पटक नेतृत्वमा पुग्दैमा विगतको योगदानलाई भुल्नु हुँदैन । विगतको योगदानबाट प्राप्त उपलब्धी भनेको पाठ हो, जसबाट सिक्दै अहिलेको माग, चाहना र आवश्यकता अनुसार अगाडी बढ्नुपर्छ । तसर्थः इतिहास मेट्ने होइन, लेख्ने हो ।’

कार्यक्रममा प्रतिनिधिसभा लेखा समितिका सभापति भरतबहादुर खड्का, कानुन तथा संसदीय मामिला समितिका सभापति समिक्षा बाँस्कोटा, राष्ट्रिय मानव अधिकार आयोगका सदस्य डा. लिली थापा, समावेशी आयोगका सदस्य पुष्पराज तिमिल्सिना, राष्ट्रिय महिला आयोगका सदस्य सावित्रा शर्मा, नेपाली कांग्रेसका केन्द्रीय सदस्य नारायणप्रसाद भट्टराई, प्रतिनिधिसभाका सांसद मदनकृष्ण श्रेष्ठ, इक्साहाङ इक्मिसो बेघा थोबोजुमका अध्यक्ष प्रविण बेघाले शुभकामना मन्तव्य राख्नुभयो ।

त्यस्तै पूर्वराष्ट्रिय महिला अयोग तथा मानवअधिकार आयोगका सदस्य मोहना अन्सारी र प्रा.डा. सुरेन्द्र केसीले पुस्तकको बारेमा टिप्पणी गर्नुभयो । कार्यक्रममा पुस्तक प्रकाशनमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग गर्ने १४ जनालाई सम्मान समेत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० भदौ । गुल्मीको रेसुङ्गा नगरपालिका–७ स्थित जिपपार्क सडकमा ट्रकको ठक्करबाट गम्भीर घाइते भएका एक पैदलयात्रीको उपचारका क्रममा मृत्यु

काठमाडौँ, १० भदौ । ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–४ चार्खुमा मङ्गलबार साँझ विद्युत् चुहावट (सर्ट) भएर आगलागी हुँदा दुई घर जलेर पूर्ण रूपमा

काठमाडौँ, १० भदौ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, १० भदौ । इस्लाम धर्मावलम्बीका अन्तिम पैगम्बर हजरत मोहम्मद सलल्लाहो (रसुल) को १५०१ औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना