इरानलाई ट्रम्पको कडा चेतावनी : समय सकिँदै गएको भन्दै वार्तामा आउन दबाब

एजेन्सी, ४ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको शान्ति वार्ता ठप्प बनेपछि कडा चेतावनी दिनुभएको छ ।

उहाँले समय सकिँदै गरेको भन्दै इरानलाई चाँडै सहमतिमा पुग्न आग्रह गर्नुभएको छ । सामाजिक सञ्जाल ट्रुथ सोशलमार्फत ट्रम्पले इरानले छिटो निर्णय नगरे इरानमा केही पनि बाँकी नरहने चेतावनी दिनुभएको हो ।

ट्रम्पको यस भनाइलाई इरानलाई तत्काल सम्झौता गर्न दबाब दिएको संकेतका रूपमा हेरिएको बीबीसीले उल्लेख गरेको छ । यसबीच ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूसँग भेट गर्ने कार्यक्रम रहेको समेत अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

इरानी सञ्चारमाध्यमका अनुसार अमेरिकाले तेहरानको पछिल्लो प्रस्तावमा कुनै ठोस निर्णय नदिएको आरोप छ । इरानको अर्ध–सरकारी समाचार संस्था मेहरले यस्तो अवस्थाले वार्तालाई “गतिरोध” तर्फ धकेल्ने जनाएको छ । इरानले युद्ध पूर्ण रूपमा अन्त्य गर्न, अमेरिकी नाकाबन्दी हटाउन तथा भविष्यमा आक्रमण नगर्ने ग्यारेन्टी माग गरेको छ ।

साथै हर्मुज जलमार्गमाथिको आफ्नो सार्वभौमिक अधिकार कायम रहने विषय पनि प्रस्तावमा समेटिएको छ । अमेरिकाले इरानलाई केवल एउटा आणविक केन्द्र सञ्चालनमा राख्न र उच्च स्तरको युरेनियम भण्डार अमेरिकालाई हस्तान्तरण गर्न माग गर्दै आएको छ । यसअघि ट्रम्पले इरानको आणविक कार्यक्रम २० वर्षका लागि स्थगित गरिए स्वीकार गर्न सकिने संकेत दिनुभएको थियो । फेब्रुअरी २८ देखि अमेरिका र इजरायलले इरानमाथि व्यापक हवाई आक्रमण सुरु गरेका थिए । अप्रिलमा युद्धविराम घोषणा भए पनि बीच–बीचमा तनाव र छिटपुट आक्रमण भइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ असोज । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचन आयोगले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन पेश गरेको छ । राष्ट्रपति

काठमाडौँ, १५ असोज । सरकारले संघीय निजामती सेवा विधेयक संसद्मा दर्ता गरेको छ । यो विधेयकले कर्मचारीतन्त्रमा अहिले भइरहेको संरचनाहरू बदल्ने

काठमाडौँ, १५ असोज । भोलि राति १२ बजेदेखि संघीय संसद्को चालु अधिवेशन अन्त्य गर्न सरकारले सिफारिस गरेको छ । मंगलबार बसेको

काठमाडौँ, १५ असोज । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामला तथा सामान्य प्रशासन मन्त्रालयले नेपाल प्रशासन सेवा (सामान्य प्रशासन समूह) का रा.प.तृतीय