जुम्लाका स्थानीय तह पूर्ण खोप सुनिश्चितता घोषणा

काठमाडौँ, १ जेठ ।  जुम्लाका ८ वटा स्थानीय तहमध्ये हालसम्म ६ वटा स्थानीय तहले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेका छन् ।

जन्मदेखि २३ महिनासम्म तथा नियमित खोप तालिकामा छुटेका सम्पूर्ण बालबालिकालाई खोप लगाइसकेपछि उक्त स्थानीय तहले पूर्ण खोप सुनिश्चितता घोषणा गरेका हुन् ।

बिहीबार चन्दननाथ नगरपालिका, हिमा र गुठी चौर गाउँपालिकाले एक कार्यक्रमका बिच एकसाथ पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेका छन् । चन्दननाथभित्रका २२४ बालबालिकालाई पूर्ण खोप प्रदान गरिएको स्वास्थ्य शाखा संयोजक क्षेत्र बुढ्थापाले जानकारी दिए ।

पालिकालाई पूर्ण खोप सुनिश्चित र दिगोपना पालिका घोषणा गर्दै उपप्रमुख रामदेवी खड्काले खोप लगाउन गाउँगाउँ र घरघरसम्म पुगेर सचेतना जगाउने काममा भूमिका खेलेका महिला स्वास्थ्य स्वयंसेविका र स्वास्थ्यकर्मीको अथक प्रयासले सम्भव भएको बताउँदै आगामी दिनमा त्यसलाई दिगोपना दिनका लागि पनि उत्तिकै भूमिका खेल्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी सम्मेलन (कोप ३१) को सन्दर्भमा

काठमाडौँ, ११ कार्तिक । अबदेखि शिक्षकको विशेष बढुवा जिल्लाकै शिक्षा विकास तथा समन्वय इकाइ मार्फत हुने भएको छ ।  नयाँ

काठमाडौँ, ११ कार्तिक । लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी केबलकारमा भारतीय पर्यटकको आगमनमा उल्लेखनीय वृद्धि भएको छ

काठमाडौँ, ११ कार्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसहित