जुम्लाका स्थानीय तह पूर्ण खोप सुनिश्चितता घोषणा

काठमाडौँ, १ जेठ ।  जुम्लाका ८ वटा स्थानीय तहमध्ये हालसम्म ६ वटा स्थानीय तहले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेका छन् ।

जन्मदेखि २३ महिनासम्म तथा नियमित खोप तालिकामा छुटेका सम्पूर्ण बालबालिकालाई खोप लगाइसकेपछि उक्त स्थानीय तहले पूर्ण खोप सुनिश्चितता घोषणा गरेका हुन् ।

बिहीबार चन्दननाथ नगरपालिका, हिमा र गुठी चौर गाउँपालिकाले एक कार्यक्रमका बिच एकसाथ पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेका छन् । चन्दननाथभित्रका २२४ बालबालिकालाई पूर्ण खोप प्रदान गरिएको स्वास्थ्य शाखा संयोजक क्षेत्र बुढ्थापाले जानकारी दिए ।

पालिकालाई पूर्ण खोप सुनिश्चित र दिगोपना पालिका घोषणा गर्दै उपप्रमुख रामदेवी खड्काले खोप लगाउन गाउँगाउँ र घरघरसम्म पुगेर सचेतना जगाउने काममा भूमिका खेलेका महिला स्वास्थ्य स्वयंसेविका र स्वास्थ्यकर्मीको अथक प्रयासले सम्भव भएको बताउँदै आगामी दिनमा त्यसलाई दिगोपना दिनका लागि पनि उत्तिकै भूमिका खेल्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० असोज । परराष्ट्रमन्त्री शिशिर खनाल जलवायु अनुकूलन तथा उत्थानशीलता, दिगो विकास, जलवायु वित्त, प्रविधि हस्तान्तरण र क्षमता अभिवृद्धिका

अमेरिका, २० असोज । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बाङ्गा (Ajay Banga) बीच उच्चस्तरीय द्विपक्षीय

काठमाडौँ, २० असोज । काठमाडौँको खुलामञ्चमा आइतबारदेखि सुरु भएको नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तेस्रो दिन आज मंगलबार नयाँ केन्द्रीय कार्यसमिति

काठमाडौँ, १९ असोज । आज बसेको मन्त्रिपरषद् बैठकका निर्णयहरु सार्वजनिक भएको छ । आज बसेको मन्त्रिपरषद् बैठकका उक्त निर्णय सरकारका प्रवक्ता