बच्चाको मुन्द्रा चोरीमा संलग्न आरोपमा दुई जना पक्राउ

काठमाडौँ, २८ बैशाख । बच्चाको मुन्द्रा चोरीमा संलग्न आरोपमा प्रहरीले भक्तपुरबाट दुई जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार पक्राउ पर्नेमा काभ्रेको बेथानचोक गाउँपालिका–३ ढुंखर्क घर भएका २४ वर्षीय लक्ष्मण भन्ने सुनिल नगरकोटी र भारत घर भएर बनेपामा बस्दै आएका ३० वर्षीय सभंकर माजी छन् ।

वैशाख २७ मा भक्तपुरको लिवालीमा बच्चाहरूलाई भेला पारेर चकलेट दिएर फकाउँदै कानको मुन्द्रा चोरी गरेको हो । नगरकोटीले चोरेको मुन्द्रा सभंकर माजीलाई बेच्ने गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । प्रहरीले उनीहरूबाट १५ लाल सुन बरामद गरेको छ । उनीहरूमाथि प्रहरी वृत्त जगातीको टिमले अनुसन्धान गरिरहेको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० असार । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ

काठमाडौँ, ९ असार । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार

चितवन, ९ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले प्रथम राष्ट्रिय महाधिवेशनमा सहभागी प्रतिनिधिहरूबाट लिइँदै आएको

काठमाडौँ, ९ असार । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन १६ सय रुपैयाँले