जीपीएस जडान नगर्ने एम्बुलेन्स चल्न नपाउने

काठमाडौँ, २६ बैशाख । एम्बुलेन्स सेवालाई व्यवस्थित, मर्यादित र पारदर्शी बनाउन चितवनमा जीपीएस जडान अनिवार्य गरिएको छ । 

जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिको शनिवार  बसेको बैठकले एम्बुलेन्स सेवाको व्यवस्थापन, पारदर्शिता र प्रभावकारिता सुधार गर्न तथा सेवा सञ्चालनमा देखिएका विकृति नियन्त्रण गर्न अनिवार्य रूपमा जीपीएस जडान गर्नुपर्ने निर्णय गरेको हो । 

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षतामा बसेको बैठकले जिल्लाभर सञ्चालनमा रहेका सबै एम्बुलेन्सलाई सात दिनभित्र जनस्वास्थ्य कार्यालयमा एकीकृत तथ्याङ्क विवरण अनिवार्य रूपमा दर्ता गर्न निर्देशन दिएको छ ।

सोअनुसार दर्ता भएका एम्बुलेन्सले १५ दिनभित्र जीपीएस प्रणाली जडान गरी त्यसको जानकारी जनस्वास्थ्य कार्यालयमा बुझाउनुपर्ने निर्णय गरिएको प्रजिअ अर्यालले जानकारी दिए । 

विवरण दर्ता नगर्ने र जीपीएस जडान नगर्ने एम्बुलेन्सलाई सञ्चालनमा रोक लगाइने समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी सम्मेलन (कोप ३१) को सन्दर्भमा

काठमाडौँ, ११ कार्तिक । अबदेखि शिक्षकको विशेष बढुवा जिल्लाकै शिक्षा विकास तथा समन्वय इकाइ मार्फत हुने भएको छ ।  नयाँ

काठमाडौँ, ११ कार्तिक । लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी केबलकारमा भारतीय पर्यटकको आगमनमा उल्लेखनीय वृद्धि भएको छ

काठमाडौँ, ११ कार्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसहित