एजेन्सी, २६ बैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीच तीन दिनका लागि युद्धविरामको घोषणा गरेका छन् ।
यो युद्धविराम आजदेखि पर्सिसम्म रहने र यसमा दुई देश सहमत भएको ट्रम्पले जनाएको छन् । युद्धविरामको अवधिमा दुई देशबीच हजार कैदी आदानप्रदान गरिने पनि उनले जानकारी दिएका हुन् ।
ट्रम्पले ट्रुथ सोसलमा रुस–युक्रेनबीच अस्थायी युद्धविराम यो घोषणा गर्न पाउँदा खुसी लागेको उल्लेख गरेका छन् । आफ्नो अनुरोध स्वीकार गरेकामा ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीप्रति आभार व्यक्त गरेका छन् ।
यसबीचमा अमेरिका र इरानबीच भने हर्मुज जलमार्ग क्षेत्रमा तनाव बढेको छ । तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविराम कायमै रहेको दाबी गरेका छन् ।






