रायोको सागमा भेटियो विषादी

काठमाडौँ, २५ बैशाख । भक्तपुरको मध्यपुर थिमीबाट ल्याइएको रायोको साग खान अयोग्य भेटिएको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजारमा गरिएको विषादी अवशेष परीक्षणका क्रममा भक्तपुरको मध्यपुर थिमीबाट ल्याइएको रायोको साग खान अयोग्य भेटिएको हो ।

केन्द्रीय कृषि प्रयोगशाला मातहतको ‘विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइ’, कालीमाटीले मङ्गलवार गरेको परीक्षणमा १३ वटा नमुनामध्ये एउटा नमुनामा विषादीको मात्रा उच्च पाइएको हो ।

प्रयोगशालाका अनुसार सुनिता श्रेष्ठले बजारमा ल्याएको रायोको सागमा अर्गानोफोस्फेट विषादीको रोकावट प्रतिशत ५५.७२ देखिएको छ । सरकारी मापदण्ड अनुसार विषादीको मात्रा ४५ प्रतिशत भन्दा बढी भएमा त्यस्तो तरकारी तथा फलफूल खान अयोग्य मानिन्छ र तत्काल विसर्जन गर्नुपर्ने हुन्छ । सोही बमोजिम उक्त रायो सागलाई विसर्जन गर्न निर्देशन दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी सम्मेलन (कोप ३१) को सन्दर्भमा

काठमाडौँ, ११ कार्तिक । अबदेखि शिक्षकको विशेष बढुवा जिल्लाकै शिक्षा विकास तथा समन्वय इकाइ मार्फत हुने भएको छ ।  नयाँ

काठमाडौँ, ११ कार्तिक । लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी केबलकारमा भारतीय पर्यटकको आगमनमा उल्लेखनीय वृद्धि भएको छ

काठमाडौँ, ११ कार्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसहित