रूस युक्रेन युद्धमा दुई दिने युद्धविराम घोषणा 

एजेन्सी, २२ बैशाख । रूसको रक्षा मन्त्रालयले दोस्रो विश्वयुद्धको अन्त्य भएको ८१ औँ वार्षिकोत्सवको अवसरमा मे ८ देखि ९ सम्म युक्रेनमा दुई दिने युद्धविराम गर्ने घोषणा गरेको छ ।

विज्ञप्ति जारी गर्दै रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले विश्व युद्धमा सोभियत जनताको विजयको उत्सवको सम्मानका लागि सन् २०२६ मे ८–९ मा युद्धविराम घोषणा गर्नु भएको छ, भने युक्रेनी पक्षले पनि यो उदाहरण पछ्याउने अपेक्षा व्यक्त गरेका छन्  । 
 
किएभ प्रशासनले विश्व युद्धको विजय उत्सवको ८१ औँ वार्षिकोत्सवको कार्यक्रममा बाधा पुर्याउने उद्देश्यले आपराधिक कार्य गर्ने प्रयास गरेमा रूसी सशस्त्र बलले किएभको केन्द्रमा प्रतिक्रियात्मक आक्रमण गर्नेसमेत विज्ञप्तिमा उल्लेख गरिएको छ । 

साथै, युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनले मे ५ देखि ६ को मध्यरातदेखि छुट्टै युद्धविराम सुरु गर्ने घोषणा गरेका हुन्।  यो समय अवधिमा मौन र शान्ति सुरक्षाको  सुनिश्चित भएको अवस्था रहने उनले बताएका छन् ।

रूसमा मे –९ मा  दोस्रो विश्वयुद्धमा ज्यान गुमाउने लाखौं मानिसहरूको सम्झनामा विजय दिवस मनाउनु गरिन्छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ असोज । नेपालका लागि पाँच देशका नवनियुक्त राजदूतले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश गरेका छन् । बुधबार

काठमाडौँ, १४ असोज । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले चालु आर्थिक वर्ष सुरु भएको साढे दुई महिना

काठमाडौँ, १४ असोज । नेपालमा सञ्चालित छाला प्रशोधन (ट्यानिङ) उद्योगहरूका लागि एकीकृत वातावरणीय मापदण्ड तोक्न र मानव बस्तीबाट न्यूनतम दूरी निर्धारण

काठमाडौँ, १४ असोज । सभामुख डोलप्रसाद अर्यालले सीपलाई रोजगारी र उत्पादनसँग जोड्दै युवालाई स्वदेशमै अवसर सिर्जना गर्ने वातावरण बनाउनुपर्ने बताएका छन्