बीपी राजमार्गमा रोकियो सवारी आवागमन

काठमाडौँ, १२ बैशाख । बीपी राजमार्गमा सवारी आवागमन रोकिएको छ ।

काभ्रेपलाञ्चोकका विभिन्न स्थानमा वर्षा भइरहेकाले सम्भावित जोखिमलाई मध्यनजर गर्दै बीपी राजमार्गमा शनिबार  दिउँसोदेखि सवारी आवागमन पूर्ण रूपमा बन्द गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

“मौसममा सुधार आई सडकमार्गमा कुनै अवरोध नभएको अवस्थामा जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकले अर्को सूचना प्रकाशन गरी बाटो सुचारु भएको जानकारी गराउनेछ,” प्रहरीले भनेको छ ।

विशेष गरी कटुन्जेदेखि मंगलटार सडकखण्डको घुमाउनेनजिक स्थानमा वर्षासँगै समस्या निम्तने गरेको छ । त्यहाँ रोशी खोलामा अस्थायी ‘डाइभर्सन’ बनाइएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ बैशाख । नेपालगन्जमा गोली चलेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार आज हवाईफायर गरी तीन लागुऔषध ‘कारोबारी’लाई पक्राउ

काठमाडौँ, १२ बैशाख । धनुषामा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय ढल्केबरका अन्सुअर मृत्यु हुनेमा महोत्तरीको

काठमाडौँ, १२ बैशाख । कालीगण्डकी नदीले बगाउँदा आज एक बालकको मृत्यु भएको छ । प्रहरीका अनुसार मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४,

पर्वत, १२ बैशाख । पर्वतको फलेवास नगरपालिका–५ मा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । शुक्रबार साँझ चट्याङ लागेर