सरकारी कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न परिपत्र

काठमाडौँ, १० बैशाख । सरकारले मन्त्रालय, विभाग, कार्यालय र सबै सरकारी निकायका कर्मचारीहरूको विद्युतीय हाजिरी प्रणाली अनिवार्य कार्यान्वयन गर्न मातहतका निकायलाई परिपत्र गरेको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (प्रशासन सुधार तथा व्यवस्थापन परीक्षण शाखा) ले बिहीबार पत्र पठाउँदै यस्तो व्यवस्था गर्न भनेको हो । साथै मन्त्रालयले यसको विवरण अभिलेखिकरण गर्न समेत भनेको छ । 

मन्त्रालयले उक्त व्यवस्था कार्यान्वयन नभएको अवस्था भए कर्मचारीको दैनिक उपस्थिति (आएको तथा गएको) विवरण अनिवार्य रूपमा विद्युतीय हाजिरी प्रणालीबाटै गर्ने व्यवस्था मिलाउन र प्रत्येक १५ दिनको हाजिरी विवरण प्रिन्टगरी, प्रमाणित गर्दै  अभिलेख कार्यालयमा सुरक्षित राख्न भनेको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, २९ असार । इरानले नयाँ आक्रमणहरूका बिच स्ट्रेट अफ होर्मुज बन्द भएको घोषणा गरे पनि अमेरिकाले भने उक्त जलमार्ग खुला नै

एजेन्सी, २८ असार । अमेरिका र इरानबिच सैन्य आक्रमण भइरहेका बेला आइतबार ओमानमा पनि ड्रोन आक्रमण भएको समाचार सार्वजनिक भएको छ

दोहा, २८ असार । कतारका पूर्व अमिर तथा वर्तमान राजा अमिर शेख तामिम बिन हमद अल थानीका पिता शेख खलिफा

एजेन्सी, २८ असार । इरानले होर्मुज जलमार्ग अर्को सूचना नभएसम्मका लागि बन्द गरेको घोषणा गरेको छ । यो घोषणापछि अमेरिकाले इरानमाथि