क्यूएफएक्सले माइकल ज्याक्सनको फिल्मलाई ‘पेड प्रिभ्यू शो’ गर्ने

काठमाडौँ, २८ चैत । नेपालमा विशेष ‘पेड प्रिभ्यु शो’ हुने भएको छ ।

‘माइकल’ फिल्मको प्रदर्शनअघि नै क्यूएफएक्स सिनेमाजले प्रदर्शन मिति २४ अप्रिल (११ बैशाख) कुर्नु नपर्ने भन्दै दर्शकलाई पहिले नै फिल्म हेर्ने अवसर दिइने जनाएको हो ।

क्यूएफएक्सका अनुसार ठमेलस्थित छाया सेन्टरमा ‘माइकल’को एक्सक्लुसिभ ‘पेड प्रिभ्यु’ आयोजना गरिनेछ, जहाँ दर्शकले नेपालमै सबैभन्दा पहिले माइकल ज्याक्सनको बायोपिक हेर्ने मौका पाउनेछन् ।

प्रिभ्युका लागि सिट संख्या सीमित हुने भएकाले चाँडै टिकट सुरक्षित गर्न पनि आग्रह गरिएको छ । साथै, फिल्मको कथा अरूबाट थाहा पाउनु अघि आफैं हेर्न नछुटाउन क्यूएफएक्सले दर्शकलाई अपिल गरेको छ ।

‘पेड प्रिभ्यू शो’ को एड्भान्स टिकट बिक्री पनि हलले शुक्रबारदेखि थालेको छ । २२ अप्रिल अर्थात ९ बैशाखमा ‘पेड प्रिभ्यू शो’ गर्न लागिएको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ चैत । सप्तरीमा विभिन्न मुद्दामा संलग्न ४ जनालाई पक्राउ गरी थप अनुसन्धानका लागि म्याद थप गरेको छ ।

काठमाडौँ, २८ चैत । नेपाल राष्ट्र बैंकले आज शनिबारको लागि विदेशी मुद्राको विनिमयदर यस प्रकार निर्धारण गरेको छ । Exchange Rate

काठमाडौँ, २८ चैत । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभावले मौसममा फेरबदल ल्याएको जल तथा मौसम पूर्वानुमान

काठमाडौँ, २८ चैत । आज २०८२ साल चैत २८ गते शनिबारको राशिफल ।    मेष : दिन राम्रो छ। भाग्यको उदय