न्याय पाउने पहिलो हक सहिदको आमाको हो : सभापति लामिछाने

काठमाडौँ, २० चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले न्याय पाउने पहिलो हक सहिदका आमालाई भएको बताएका छन् ।

आज संसद् भवन सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले सहिद परिवारलाई प्राथमिकतामा राखेर सरकारले काम गर्ने बताए ।

उनले भने, ‘न्याय पाउने हक पहिला सहिदको आमालाई छ । हतारो त आफ्ना कलिला बालबालिका गुमाएका आमाहरूलाई छ होला नि । न्यायको हक सबैलाई छ । तर पहिलो हक सहिद परिवार, घाइतेहरूको हो’, ।

प्रतिशोध राखेर पूर्वप्रधानमन्त्री केपी ओली र गृहमन्त्रीलाई पक्राउ गरेको विषयमा प्रश्न गर्दा रविले यस विषयमा आम नागरिकले नियालिरहेको बताए । उनले भने, ‘यस विषयमा आम नागरिकले नजिकबाट हेरिरहेका छन् । हामी पब्लिक अडिटमा छौँ’, । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, २१ चैत । अफगानिस्तानमा शुक्रबार साँझ ५.८ म्याग्निच्युडको भूकम्प गएको छ । अफगानिस्तान राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता मोहम्मद

एजेन्सी, २० चैत । पश्चिम एसियामा जारी द्वन्द्व थप उग्र बन्दै जाँदा इजरायलमाथि इरानबाट नयाँ क्षेप्यास्त्र आक्रमण भएको छ, जसले क्षेत्रीय

एजेन्सी, २० चैत । पाकिस्तानको अर्थतन्त्र चालु आर्थिक वर्ष (सन् २०२५–२६) को दोस्रो त्रैमासमा ३.८९ प्रतिशतले वृद्धि भएको छ ।

एजेन्सी, १९ चैत । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध जारी सैन्य कारबाही सफलताको नजिक पुगेको दाबी गरेका छन् । बिहीबार