रवि लामिछाने र महन्थ ठाकुरबीच भेटवार्ता

काठमाडौँ, १७ चैत । रास्वपा सभापति रवि लामिछाने र राष्ट्रिय सभा सदस्य महन्थ ठाकुरबीच भेटवार्ता भएको छ ।

आज बुढानिलकण्ठस्थित सभापति लामिछानेको निजी निवासमा भएको भेटमा वर्तमान राजनीतिक अवस्था, मधेस क्षेत्रको विकास तथा प्राथमिकता दिनुपर्ने योजनालगायत विषयमा छलफल भएको बताइएको छ ।

भेटका क्रममा पछिल्लो जनादेशअनुसार देशको समग्र विकासका लागि सहकार्य गरेर अघि बढ्ने विषयमा दुवै पक्ष एकमत भएका छन् ।  साथै, विकास र सुशासनका एजेन्डालाई प्राथमिकतामा राख्दै आपसी सहकार्यलाई थप सुदृढ बनाउने विषयमा समेत सहमति भएको लामिछानेको सचिवलयले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० चैत । कलाकार सागर लम्साल (बले) चलचित्र पाँच पाण्डवबाट निकालिएका छन् । उनीमाथि एक युवतीलाई बलात्कार गरेकाे आराेप लागेपछि

काठमाडौँ, १८ चैत । नयाँ वर्षको छेको पारेर चैत २७ गते प्रदर्शन हुन लागेको चलचित्र ‘राम नाम सत्य’ले सोलो रिलिजको मौका

काठमाडौँ, १७ चैत । हिपहप कलाकार भिटेनले आफ्नो संगीतलाई राजनीतिक कार्यक्रममा नबजाउन आग्रह गरेका छन् । इन्स्टाग्राम स्टोरीमार्फत उनले छाडा र

काठमाडौँ, १७ चैत । चर्चित गायिका एलिना चौहानले प्रहरीको विषयमा गृहमन्त्री सुदन गुरुङले बोलेका शब्द व्यवहारमा कार्यान्वयन हुनुपर्ने धारणा राखेकी