एलिना चौहानले भनिन्, धन्यवाद गृहमन्त्रीज्यू, आशा छ यो आवाज शब्दमै सीमित नरहोस्

काठमाडौँ, १७ चैत । चर्चित गायिका एलिना चौहानले प्रहरीको विषयमा गृहमन्त्री सुदन गुरुङले बोलेका शब्द व्यवहारमा कार्यान्वयन हुनुपर्ने धारणा राखेकी छन् ।

सामाजिक सञ्जालमा एक पोस्ट गर्दै उनले प्रहरीको त्याग र बलिदानको चर्चा गरेकोमा गृहमन्त्रीप्रति आभार व्यक्त गरेकी छन् ।

उनले प्रहरीको प्रशंसा गर्दै लेख्छिन्, ‘घामले पोल्दा पनि उभिनै रहने झरीले भिजाउँदा पनि हिँडिरहने, हामी चाडबाडमा रमाउँदा सडकको बत्तीमुनि उभिएर हाम्रो खुसी जोगाउने, ती प्रहरीहरू जसले आफ्नो जीवन जोखिममा राखेर हाम्रो सुरक्षाको कसम खाएका छन् । पहिलो पटक देखियो उहाँहरूको लागि खुलेर बोल्ने नेता । धन्यवाद गृहमन्त्रीज्यू, आशा छ यो आवाज शब्दमै सीमित नरहोस् ।’

एलिनाको यो पोस्टले सामाजिक सञ्जालमा निकै चर्चा पाएको छ । सर्वसाधारणले पनि प्रहरीको कार्यदक्षता र उनीहरूको न्यून सेवा सुविधाका बारेमा राज्यले सोच्नुपर्ने प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ असोज । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) पूर्वी भूमध्यसागरीय क्षेत्रकी क्षेत्रीय निर्देशक डा.हनान एच.बाल्खीले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता

काठमाडौँ, १ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद बोधनारायण श्रेष्ठले त्रिशूलीमा खसेका यात्रुवाहक बस र त्यहाँ हराइरहेका यात्रुहरूको

काठमाडौँ, १ असोज । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२र८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ

काठमाडौँ, १ असोज । गत आर्थिक वर्षको तुलनामा राजस्व संकलन वृद्धि भएको छ । अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्ष