स्थानीय तह र काठमाडौँ मेडिकल कलेजबीच सम्झौता

भक्तपुर, २९ फागुन । काठमाडौँ मेडिकल कलेज र चाँगुनारायण नगरपालिका, वडा नं. २ बीच स्थानीय बासिन्दालाई स्वास्थ्य सेवामा सहुलियत प्रदान गर्ने उद्देश्यले सम्झौता सम्पन्न भएको छ ।

उक्त सम्झौता अनुसार वडा नं. २ का बासिन्दाले काठमाडौँ मेडिकल कलेजमा उपचार गराउँदा विभिन्न स्वास्थ्य सेवामा विशेष छुट सुविधा प्राप्त गर्नेछन् । सम्झौता पत्र अनुसार ओपीडी दर्ता (OPD Card) निःशुल्क उपलब्ध हुने व्यवस्था गरिएको छ भने बेड चार्ज, ICU, CCU, OT सेवा, ल्याब जाँच, CT/MRI, X-Ray, USG, ECG लगायतका विभिन्न परीक्षण तथा उपचार सेवामा करिब २५ प्रतिशतसम्म छुट प्रदान गरिनेछ ।

यसका साथै फिजियोथेरापी तथा दन्त उपचार सेवामा समेत सोही अनुसारको सहुलियत उपलब्ध हुने उल्लेख गरिएको छ । यो सहकार्यले स्थानीय बासिन्दालाई गुणस्तरीय स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध गराउने अपेक्षा गरिएको छ ।

साथै अस्पतालले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत समुदायसँग सहकार्य गर्दै स्वास्थ्य सेवा पहुँच विस्तार गर्ने प्रयास गरेको देखिन्छ । स्थानीय सरकार र स्वास्थ्य संस्थाबीच भएको यस्तो सहकार्यले नागरिकको स्वास्थ्य सुरक्षामा सकारात्मक योगदान पुर्‍याउने विश्वास गरिएको वडा अध्यक्ष सोम प्रसाद प्रधान बताउछ्न !

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ भदौ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले काठमाडौँको ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन एआई–सक्षम सीसीटीभी लगायतका प्रविधिको प्रयोग

काठमाडौँ, २८ भदौ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भारत र चीनबीच बढ्दो सहकार्यबाट नेपालले अधिकतम लाभ लिन सक्नुपर्ने बताएका छन् ।

काठमाडौँ, २८ भदौ । काठमाडौँ महानगरपालिकाले शहरी क्षेत्रमा बढ्दै गएको बाढीको जोखिम न्यूनीकरण गर्न ‘रिचार्ज काठमाडौँ ’ अभियान सञ्चालन गर्ने भएको

काठमाडौँ, २८ भदौ । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले काठमाडौँमा बाढीको जोखिम न्यूनीकरणका निम्ति चोभारको पानी निकासको विकल्प खोज्नुपर्ने बताएका छन्