काठमाडौँ, १८ फागुन । काठमाडौँको शंकरदेव क्याम्पस नजिकै एक जनामाथि चक्कु प्रहार भएको छ ।
काठमाडौँ प्रहरी परिसरका अनुसार आज साझ शंकरदेव क्याम्पस नजिकै एक जनामाथि चक्कु प्रहार भएकाे हो ।
चक्कु प्रहारबाट घाइते भएका व्यक्तिको बागबजारस्थित मोडेल अस्पताल उपचार भइरहेको छ । घटनामा संलग्न एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको जनाएकाे छ ।





