निर्वाचन आचारसंहिता कार्यान्वयनमा अनुगमन अधिकृतहरूलाई सुक्ष्म निगरानीको निर्देशन

काठमाडौँ, १८ फागुन । निर्वाचन आयोगले निर्वाचन आचारसंहीता कार्यान्वयनमा कडाइ गर्दै अनुगमन अधिकृतहरूलाई सुक्ष्म निगरानी गर्न निर्देशन दिएको छ ।

आज आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले निर्वाचन आचारसंहिताको दफा ३२ बमोजिम तोकिएका अनुगमन अधिकृतहरूलाई आफ्नो जिम्मेवारी कडाइका साथ पालना गर्न निर्देशन दिइएको बताए।

प्रवक्ता भट्टराईकाअनुसार अनुगमन अधिकृतहरूलाई जिल्लाभित्र सुक्ष्म अनुगमन गर्न र निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ विपरीतका कार्यहरू पाइएमा तत्काल कानूनी कारबाहीको प्रक्रिया अगाडि बढाउन अधिकार प्रत्यायोजन गरिएको बताए ।

जिल्ला आचारसंहिता अनुगमन समितिसँगको सहकार्यमा अनुगमनकर्ताको अधिकार प्रयोग गरी आचारसंहिता उल्लंघन गर्ने जोसुकैलाई पनि कारबाहीको दायरामा ल्याइने आयोगले स्पष्ट पारेको छ । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ र निष्पक्ष बनाउन निर्वाचन आचारसंहिता, २०८२ को प्रभावकारी कार्यान्वयनका लागि जोड दिएको बताए ।

आयोगले सहायक प्रमुख जिल्ला अधिकारी र कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुखहरूलाई फरक–फरक कार्य जिम्मेवारीसहित अनुगमन अधिकृत तोकेको जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

पर्सा, १८ फागुन । जिल्ला प्रशासन कार्यालयले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सोमबार मध्यरातदेखि लागू हुनेगरी भारतसँग सीमा जोडिएको

काठमाडौँ, १८ फागुन । उपराष्ट्रपति रामसहायप्रसाद यादवले निर्वाचनले संघीय लोकतान्त्रिक गणतन्त्र नेपाललाई अझ सबल, सुदृढ र परिपक्व बनाउने विश्वास व्यक्त गरेका

काठमाडौँ, १८ फागुन । पाँच वटा निर्वाचन क्षेत्र रहेको झापामा प्रतिनिधिसभा निर्वाचनका लागि तीन वटा अस्थायी मतदान केन्द्र तोकिएको जिल्ला

काठमाडौँ, १८ फागुन । निर्वाचन आयोगले निर्वाचन आचारसंहीता कार्यान्वयनमा कडाइ गर्दै अनुगमन अधिकृतहरूलाई सुक्ष्म निगरानी गर्न निर्देशन दिएको छ ।