देशको सुरक्षा पहिलो प्राथमिकता : हर्क साम्पाङ

काठमाडौँ, १८ फागुन । श्रम शक्ति पार्टीका अध्यक्ष हर्क साम्पाङले देशको सुरक्षालाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताएका छन् । 

आज हेटौँडामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले मतदातालाई इमानदार र देशभक्त उम्मेदवार चयन गर्न आग्रह गरे ।

सभामा बोल्दै उनले नागरिकले तरकारी किन्दा समेत राम्रो–नराम्रो छानेजस्तै नेतृत्व चयन गर्दा पनि सावधानी अपनाउनुपर्ने बताए । ‘हामीलाई राम्रो सामान चाहिन्छ, गोलभेँडा किन्दा पनि दाग छ कि छैन भनेर हेर्छौँ । त्यसरी नै नेतृत्व छान्नुस्,’ उनले भने ।

उनले जीवन स्वभावतः जोखिमपूर्ण रहेको उल्लेख गर्दै सरकारको मुख्य दायित्व नागरिकलाई सुरक्षा दिनु भएको बताए । ‘सरकार भनेको अभिभावक हो। आमाबुवाले बच्चालाई जोगाएजस्तै राज्यले नागरिकलाई जोगाउनुपर्छ,” उनले भने, “लोकतन्त्रमा सरकार तपाईंको भोटले बन्छ, त्यसैले सोचेर मतदान गर्नुहोस् ।’

साम्पाङले अमेरिकी सहयोग परियोजना एमसीसी र प्रस्तावित एसपीपीजस्ता सैन्य प्रकृतिका सम्झौताप्रति पुनः आपत्ति जनाए । उनले यस्ता सम्झौताले नेपाललाई अन्तर्राष्ट्रिय द्वन्द्वमा तान्ने जोखिम रहेको दाबी गर्दै नेपाललाई मध्यपूर्वका देश र युक्रेन हुने जोखिमबाट बचाउन आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

पर्सा, १८ फागुन । जिल्ला प्रशासन कार्यालयले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सोमबार मध्यरातदेखि लागू हुनेगरी भारतसँग सीमा जोडिएको

काठमाडौँ, १८ फागुन । उपराष्ट्रपति रामसहायप्रसाद यादवले निर्वाचनले संघीय लोकतान्त्रिक गणतन्त्र नेपाललाई अझ सबल, सुदृढ र परिपक्व बनाउने विश्वास व्यक्त गरेका

काठमाडौँ, १८ फागुन । पाँच वटा निर्वाचन क्षेत्र रहेको झापामा प्रतिनिधिसभा निर्वाचनका लागि तीन वटा अस्थायी मतदान केन्द्र तोकिएको जिल्ला

काठमाडौँ, १८ फागुन । निर्वाचन आयोगले निर्वाचन आचारसंहीता कार्यान्वयनमा कडाइ गर्दै अनुगमन अधिकृतहरूलाई सुक्ष्म निगरानी गर्न निर्देशन दिएको छ ।