देशलाई ‘मियो बिनाको दाँई’ हुनबाट रोक्न एमालेको जित अवश्यक : उपमहासचिव भट्टराई

दमक, १८ फागुन । नेकपा (एमाले)का उपमहासचिव योगेस भट्टराईले देशलाई ‘मियो बिनाको दाइ दाँई’बाट रोक्न नेकपा एमालेको जित अवश्यक रहेको बताउनु भएको छ ।

झापा ५ को दमकमा आज प्रेश चौतारीले गरेको पत्रकार भेटघाटमा उहाँले राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा विकशित चुनौतीहरुको सामना गर्न सक्ने राजनीतिक शक्तीले आगामी निर्वाचन जित्न जरुरी रहेको उहाँले जनाउनुभयो । चुनावको मैदानमा देखिएका कतिपय उम्मेदवारका कारण देशमा झनै अस्थिरता निम्त्याउन खोजिएको देखिएको भन्दै उहाँले त्यस्ता पात्रहरुका कारण देश मियो बिनाको देश हुने जोखिम रहेकाले त्यो अवस्था आउन नदिन एमाले र अध्यक्ष केपी शर्मा ओलीको जीत जरुरी रहेको जनाउनु भयो ।

देशलाई जुवाको अखडा बनाउन खोज्ने केही उम्मेदवार र दल पनि चुनावमा देखियो भन्दै भट्टराईले उनिहरुमा जिते छाती पिट्ने र हारे निराश हुने बाहेक कुनै उदेश्य नरहेको उहाँ को दावी छ  ।

जेनजी आन्दोलनको क्षतीको दोश जबर्जस्ति एमाले तर्फ थुपार्न खोजीएको भन्दै उहाले सो आन्दोलनमा देश ध्वस्त बनाउने कार्यामा सन्लग्नहरु चुनावमा कुन नैतिकताले उम्मेदवार बनेका छन् भनेर प्रश्न पनि गर्नु भयो ।

कार्यक्रममा पार्टी केन्द्रिय सदस्य तथा निर्वाचन परिचालन समितीका संयोजक देवेन्द्र दाहालले अघिल्लो निर्वाचनको जस्तै फराकिलो अन्तरले झापा ५ बाट एमाले अध्यक्षको जित हुने बताउनु भयो ।

एमाले अध्यक्ष ओलीलाई झापा ५ ले निरन्तर उम्मेदवार पाउनु यस क्षेत्रका मतदाताको लागि अवसर समेत रहेको उहाँले बताउनु भयो ।

क्षेत्रका चुनाव प्रचार उपसमिती संयोजक तथा पार्टी केन्द्रिय सदस्य इन्द्र भण्डारीले यहाँ ससक्त रुपमा भएको जनपरिचालन र मतदाताको सक्रियताले एमालेको जीत सुनिस्चित गरेको बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

पर्सा, १८ फागुन । जिल्ला प्रशासन कार्यालयले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सोमबार मध्यरातदेखि लागू हुनेगरी भारतसँग सीमा जोडिएको

काठमाडौँ, १८ फागुन । उपराष्ट्रपति रामसहायप्रसाद यादवले निर्वाचनले संघीय लोकतान्त्रिक गणतन्त्र नेपाललाई अझ सबल, सुदृढ र परिपक्व बनाउने विश्वास व्यक्त गरेका

काठमाडौँ, १८ फागुन । पाँच वटा निर्वाचन क्षेत्र रहेको झापामा प्रतिनिधिसभा निर्वाचनका लागि तीन वटा अस्थायी मतदान केन्द्र तोकिएको जिल्ला

काठमाडौँ, १८ फागुन । निर्वाचन आयोगले निर्वाचन आचारसंहीता कार्यान्वयनमा कडाइ गर्दै अनुगमन अधिकृतहरूलाई सुक्ष्म निगरानी गर्न निर्देशन दिएको छ ।