मदिरा बिक्री वितरणमा रोक

हुम्ला, १६ फागुन । जिल्ला प्रशासन कार्यालय हुम्लाले शुक्रबारदेखि लागु हुनेगरी जिल्लाभर पूर्णरूपमा मदिरा बिक्री वितरणमा रोक लगाएको छ ।

आसन्न फागु २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष, मर्यादित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउने उद्देश्यले मदिराजन्य पदार्थ बिक्री वितरणका साथै सेवनमा रोक लगाएको सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्र कुमार चन्दले बताए ।

शुक्रबार जिल्ला प्रशासन कार्यालयद्वारा जारी सूचनामा निर्वाचन सम्पन्न भई मत परिणाम घोषणा नभएसम्म जिल्लाभर बिक्री वितरणका साथै सेवन गर्न नपाइने जारी विज्ञप्तीमा उल्लेखीत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ फागुन । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।

काठमाडौँ, १६ फागुन ।  नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले गरिबी १० प्रतिशतमा झार्ने सकिने र सामाजिक

काठमाडौँ, १५ फागुन । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणका लागि अर्थ मन्त्रालयका राजस्व सचिवको संयोजकत्वमा १२ सदस्यीय

काठमाडौँ, १५ फागुन । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका उम्मेदवारका एकाघरका परिवारको बैंक खाता निगरानी शुरु गरेको छ । निर्वाचन