एजेन्सी, १६ फागुन । बोलिभियामा सेनाको विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् ।
आज बिहान वायु सेनाको हरक्युलिस विमान दुर्घटनामा परेको हो। विमान देशको केन्द्रीय बैंकको नोट बोकेर गइरहेको थियो ।
रायेटर्सका अनुसार खराव मौसमका कारण विमान अवतरण भएपछि धावनमार्गबाट चिप्लिएर सडकमा गएर बज्जारिएको थियो । सडकमा विमान दुर्घटना हुँदा करिब १५ वटा गाडीमा क्षति पुगेको बताइएको छ ।
दुर्घटनाका कारण विमान दुई टुक्रा भएको छ भने शव सडकभर रहेको बताइएको छ ।







