आजको मौसम

काठमाडौँ, १६ फागुन । हाल नेपालमा उपल्लो वायुमण्डलमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार अहिले कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भू–भागमा साधारणतया बादल लागेको छ । देशका बाँकी हिमाली तथा पहाडी भू–भागमा आंशिक बादल लागेको छ । तराई भू–भागमा मौसम मुख्यतया सफा रहेको छ ।

आज दिउँसो तराई भू–भागका केही स्थानहरूमा बिहान हुस्सु रहनेछ । कोशी प्रदेशका हिमाली तथा पहाडी भू–भागसहित बाँकी हिमाली भू–भागमा साधरणतया बादल लाग्ने महाशाखाले जनाएको छ भने बाँकी पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ ।

तराई भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भू–भागका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जनरचट्याङ्गसहित हल्का वर्षारहिमपातको सम्भावना रहेको छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका समेत एक–दुई स्थानमा मेघगर्जनरचट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

त्यस्तै आज राति तराई भू–भागका थोरै स्थानहरूमा तुँवालो रहनेछ । कोशी र गण्डकी प्रदेशका हिमाली भू–भागमा साधरणतया बादल लाग्नेछ । कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागसहित बाँकी हिमाली भू–भागमा आंशिक बादल लाग्नेछ र बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । कोशी र गण्डकी प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ फागुन । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।

काठमाडौँ, १६ फागुन ।  नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले गरिबी १० प्रतिशतमा झार्ने सकिने र सामाजिक

काठमाडौँ, १५ फागुन । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणका लागि अर्थ मन्त्रालयका राजस्व सचिवको संयोजकत्वमा १२ सदस्यीय

काठमाडौँ, १५ फागुन । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका उम्मेदवारका एकाघरका परिवारको बैंक खाता निगरानी शुरु गरेको छ । निर्वाचन