‘आबाट आमा २’ को घोषणा

काठमाडौँ, १० फागुन । अभिनेता पल शाह अभिनित फिल्म ‘आबाट आमा’ को दोस्रो श्रृंखला निर्माणको घोषणा गरिएको छ  ।

यसवर्ष प्रदर्शनमा आएका दुई फिल्महरू ‘मोहर’ र ‘आबाट आमा’ बक्सअफिसमा हिट बने । प्रदर्शनरत फिल्म ‘आबाट आमा’ ले त बक्सअफिसमा १० करोडभन्दा धेरै कमाइ गरिसकेको छ ।

आज अभिनेता शाह आइतबार जन्मदिन मनाउँदैछन् । उनले रानीवनस्थित मानवसेवा आश्रममा कार्यक्रम गर्दै जन्मदिन मात्र मनाएनन्, सोही अवसरमा उनको पछिल्लो हिट फिल्म ‘आबाट आमा’ को दोस्रो श्रृंखला निर्माणको घोषणा गरे ।

योसँगै शाह र निर्देशक चन्द्र पन्तको दोस्रोपटकको सहकार्य पक्कापक्का भएको छ । सो अवसरमा ‘आबाट आमा’ को दोस्रो श्रृंखलाको टिजर पोस्टर सार्वजनिक गरिएको छ । साथै, यो फिल्म २०८३ सालको दशैंमा रिलिज हुने समेत घोषणा गरिएको छ ।

टिजर पोस्टरमा शाहलाई क्यारेक्टर लुक्समा देख्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० फागुन । प्युठान नगरपालिका–८ तालस्थित सडकमा एम्बुलेसन्स र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ । बिजुवारबाट नौबहिनीतर्फ गइरहेको

काठमाडौँ, १० फागुन । काठमाडौँको सरकारी धार नजिक एक घरमा चोरी भएको छ । काठमाडौँ महानगरपालिका-२६ सरकारी धारा नजिक डेरा

काठमाडौँ, १० फागुन । सात महिनामा ८ अर्ब ६१ करोड रुपैयाँको अलैँची निर्यात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको

काठमाडौँ, १० फागुन । जनकपुरधाम उपमहानगरपालिका-४ शान्ति टोलबाट अवैध लागूऔषध गाँजा करिब ३ सय ५७ किलोग्राम शनिबार राति प्रहरीले बरामद