राधिका शाक्यको पुस्तक ‘मेरा अनुभूति’ सार्वजनिक

राधिका शाक्यद्वारा लिखित पुस्तक ‘मेरा अनुभूति’ को आइतबार दमकमा लोकार्पण गरिएको छ ।

नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीकी पत्नी समेत रहेकी शाक्यले लेखेका जीवनका अनुभवहरू समेटिएको संग्रहको नवसंस्करण आइतबार एक कार्यक्रमकाबिच लोकार्पण गरिएको हो । 

एमाले अध्यक्ष ओलीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा ओलीसहित कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, मधेस प्रदेशकी पूर्वप्रमुख सुमित्रा भण्डारी लगायतले संयुक्त रूपमा कृति विमोचन गरे । कृति पाणिनी प्रकाशनले बजारमा ल्याएको हो । 

त्यस अवसरमा एमाले अध्यक्ष ओली र शाक्य बिचको वैवाहिक वर्षगाँठ समेत परेकाले पाणिनी प्रकाशनले उनीहरूलाई अभिनन्दन समेत गरिएको थियो । कार्यक्रममा शाक्यले आफ्नो वैवाहिक जीवनका विभिन्न रोचक र भावुक क्षणहरू समेत सुनाएकी थिइन् । 


प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० फागुन । प्युठान नगरपालिका–८ तालस्थित सडकमा एम्बुलेसन्स र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ । बिजुवारबाट नौबहिनीतर्फ गइरहेको

काठमाडौँ, १० फागुन । काठमाडौँको सरकारी धार नजिक एक घरमा चोरी भएको छ । काठमाडौँ महानगरपालिका-२६ सरकारी धारा नजिक डेरा

काठमाडौँ, १० फागुन । सात महिनामा ८ अर्ब ६१ करोड रुपैयाँको अलैँची निर्यात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको

काठमाडौँ, १० फागुन । जनकपुरधाम उपमहानगरपालिका-४ शान्ति टोलबाट अवैध लागूऔषध गाँजा करिब ३ सय ५७ किलोग्राम शनिबार राति प्रहरीले बरामद