कामको सम्मान गर्ने हो भने देशमा विकास हुन्छ : मीन बहादुर गुरुङ

काठमाडौँ, १० फागुन । व्यवसायी मीन बहादुर गुरुङले कामको सम्मान गर्ने हो भने देशमा विकास हुने बताएका छन् । 

व्यवसायी गुरुङले नेपालमा श्रमको सम्मान गर्ने संस्कृतिको विकास गर्नुपर्ने बताए । उनले भने, ‘श्रमको सम्मान छैन, श्रमको सम्मान नहुँदासम्म देशको उन्नति प्रगति हुनेवाला छैन’, ‘काम गर्ने कामदारहरूलाई रेस्पेक्ट गरौँ र व्यवसायीहरूले पनि इमानदारीपूर्वक कर्तव्य पुरा गर्नुपर्छ ।’

व्यवसायी गुरुङले कामदारको सम्मान र व्यवसायीले इमान देखाए नेपालले १५ वर्षमा नेपालले संसारका देशहरूमध्ये उच्च तहमा आर्थिक उन्नति गर्न सक्ने बताए । उनले भने, ‘१५ वर्षमा संसारको उच्च तहमा नेपाल पुग्न सक्छ’,‘मजस्तो इमानदार कर्तव्यनिष्ठ व्यवसायीमाथि आक्रमण भएको छ । किन हो मलाई थाहा छैन । हामीले हजारौँलाई रोजगारी दिएका छौ ।’

उनले जेनजी आन्दोलनमा भएको क्षतिप्रति दु:ख व्यक्त गर्दै आगामी दिनमा यस्तो नहोस् भन्ने कामना गरे । गुरुङले देश बिग्रन नदिने पनि बताए । 

फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन अघि नै महाराजगञ्जस्थित भाटभटेनी सुपरमार्केट सञ्चालनमा ल्याउने याेजना छ । यद्यपि जेनजी आन्दाेलनमा क्षतिग्रस्त उक्त सुपरमार्केट मर्मत भने भइसकेकाे छ । आन्दोलनमा क्षति भएका भाटभटेनीका १२ वटामध्ये सञ्चालनमा आउन लागेकाे महाराजगञ्ज शाखा तेस्रो हो।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० फागुन । प्युठान नगरपालिका–८ तालस्थित सडकमा एम्बुलेसन्स र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ । बिजुवारबाट नौबहिनीतर्फ गइरहेको

काठमाडौँ, १० फागुन । काठमाडौँको सरकारी धार नजिक एक घरमा चोरी भएको छ । काठमाडौँ महानगरपालिका-२६ सरकारी धारा नजिक डेरा

काठमाडौँ, १० फागुन । सात महिनामा ८ अर्ब ६१ करोड रुपैयाँको अलैँची निर्यात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको

काठमाडौँ, १० फागुन । जनकपुरधाम उपमहानगरपालिका-४ शान्ति टोलबाट अवैध लागूऔषध गाँजा करिब ३ सय ५७ किलोग्राम शनिबार राति प्रहरीले बरामद