एम्बुलेन्स र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

काठमाडौँ, १० फागुन । प्युठान नगरपालिका–८ तालस्थित सडकमा एम्बुलेसन्स र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ ।

बिजुवारबाट नौबहिनीतर्फ गइरहेको रा १ झ २३६ नम्बरको एम्बुलेन्स र लु ३७ प ७०२४ को नम्बरको मोटरसाइकल शनिबार दिउँसो ठोक्किएका हुन् । उक्त दुर्घटनामा मोटरसाइकल चालक नौबहिनी गाउँपालिका–१ स्याउलिवाङका २१ वर्षीय कुशल गौचन थकालीको मृत्यु भएको हो । 

दुर्घटनामा घाइते उनको उपचारका क्रममा भैरहवा मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ । साथै, मोटरसाइकलमा सवार अर्का एकजनाको सोही अस्पतालमा उपचार भइहेको छ । एम्बुलेन्स प्रहरी नियन्त्रणमा छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० फागुन । प्युठान नगरपालिका–८ तालस्थित सडकमा एम्बुलेसन्स र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ । बिजुवारबाट नौबहिनीतर्फ गइरहेको

काठमाडौँ, १० फागुन । काठमाडौँको सरकारी धार नजिक एक घरमा चोरी भएको छ । काठमाडौँ महानगरपालिका-२६ सरकारी धारा नजिक डेरा

काठमाडौँ, १० फागुन । सात महिनामा ८ अर्ब ६१ करोड रुपैयाँको अलैँची निर्यात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको

काठमाडौँ, १० फागुन । जनकपुरधाम उपमहानगरपालिका-४ शान्ति टोलबाट अवैध लागूऔषध गाँजा करिब ३ सय ५७ किलोग्राम शनिबार राति प्रहरीले बरामद