उपयुक्त समय आएपछि संविधान संशोधन हुन्छ : अध्यक्ष ओली

काठमाडौँ, १० फागुन । नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उपयुक्त समय आए पछि संविधान संशोधन गरिने बताउनु भएको छ ।

आफ्‌नो गृह निर्वाचन क्षेत्र झापा क्षेत्र नं. ५ को दमकमा रहनु भएका ओलीले आईतबार दमकमा आयोजीत एक कार्यक्रममा अहिले संविधान संशोधनका कुरा निकालेर कोहि सुन्नेवाला पनि नरहेको उहाँले बताउनुभयो ।

नेपाली कांग्रेससँगको सहकार्यमा सरकार भएका बेलानै ७ बुँदै सहमतिमा यो विषय उल्लेख गरिएको ओलीले स्मरण गराउनु भयो । त्यस बेला परिस्थितिनै खराव ढंगबाट विकास गरिएका कारण यो विषय थाति रहेको उल्लेख गर्दै अध्यक्ष ओलीले उपयुक्त संविधान आए पछि संशोधन गरिने बताउनु भएको हो । जनतालाई आवश्यक भएका, देशलाई अघि बढाउने विषय र जरुरी विषयहरुलाई समावेश गरि संविधान संशोधन गरिने उहाँको भनाई छ । रास्वपा समाज भाँड्न उद्यत एमाले अध्यक्ष ओलीले निर्वाचनमा पराजय भोग्ने देखे पछि केहि तत्व समाज भाँड्न लागि परेको टिप्पणी गर्नुभयो ।

रास्वपा तर्फ लक्षित गर्दै उहाँले रौतहटको पछिल्लो घट्ना पनि यसैको उपज रहेको बताउनुभयो । चुनाव भाँड्ने, समुदायमा विद्वेष फैल्याउने, अराजकता निम्त्याउनेहरु सक्रिय हुँदै गएको भन्दै उहाँले यस्ता कुराहरु नेपाली समाजका लागि पाच्य नहुने बताउनुभयो । एमाले सधै जनताको विचमा रहेको, जनताकै विचमा हुर्किएको पार्टी भएकाले जनताका विचमा जान कुनै समस्या नरहेको अध्यक्ष ओलीले बताउनु भयो । तर जनताबाट अस्विकृत हुने देखिए पछि त्यस्ता तत्व समाजमा साम्प्रदायीकता फैल्याउने, अराजकता निम्त्याउने, चुनावको वातावरण धमिल्याउने जस्ता विषय तर्फ लागेको उहाँको भनाई छ । आसन्न प्रतिनिधी सभाको निर्वाचनका लागि झापा क्षेत्र नं. ५ का उम्मेद्वार रहनु भएका ओली हाल आफ्‌नै निर्वाचन क्षेत्रमा व्यस्त रहनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० फागुन । प्युठान नगरपालिका–८ तालस्थित सडकमा एम्बुलेसन्स र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ । बिजुवारबाट नौबहिनीतर्फ गइरहेको

काठमाडौँ, १० फागुन । काठमाडौँको सरकारी धार नजिक एक घरमा चोरी भएको छ । काठमाडौँ महानगरपालिका-२६ सरकारी धारा नजिक डेरा

काठमाडौँ, १० फागुन । सात महिनामा ८ अर्ब ६१ करोड रुपैयाँको अलैँची निर्यात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको

काठमाडौँ, १० फागुन । जनकपुरधाम उपमहानगरपालिका-४ शान्ति टोलबाट अवैध लागूऔषध गाँजा करिब ३ सय ५७ किलोग्राम शनिबार राति प्रहरीले बरामद