विश्वव्यापी कर बढाएर १५ प्रतिशत पुर्‍याउने ट्रम्पको घोषणा

एजेन्सी, १० फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वव्यापी कर १० प्रतिशतबाट बढाएर १५ प्रतिशत पुर्‍याउने घोषणा गर्नुभएको छ ।

यसअघि सर्वोच्च अदालतको शुल्कसम्बन्धी फैसलापछि ट्रम्पले १० प्रतिशत भन्सार शुल्क लगाउनुभएको थियो । आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ‘ट्रुथ सोसियल’ मा उहाँले हिजो सर्वाेच्च अदालतले करसम्बन्धी निर्णयको विरोध गर्दै विश्वव्यापी कर बढाएको बताउनुभएको छ ।

धेरै देशहरूले वर्षाैँदेखि अमेरिकालाई हानि पुर्याइरहेको ट्रम्पले दाबी गर्नुभएको छ । आउँदो महिनाहरूमा आफ्नो प्रशासनले कानूनी रूपमा नयाँ शुल्कहरू निर्धारण गर्ने र यसले अमेरिकालाई फेरि महान् बनाउने आफूहरूको अभियानलाई अझ सफल बनाउने उहाँले जिकिर गर्नुभएको छ ।

ह्वाइट हाउसले गएको वर्ष घोषणा गरेका धेरैजसो कर शुक्रवार अमेरिकी सर्वाेच्च अदालतले खारेज गरेको हो । आफ्नो फैसलामा अदालतले ट्रम्पले आफ्नो शक्ति नाघेको र राष्ट्रिय आपत्कालीन ऐन लागू गरेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० फागुन । प्युठान नगरपालिका–८ तालस्थित सडकमा एम्बुलेसन्स र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ । बिजुवारबाट नौबहिनीतर्फ गइरहेको

काठमाडौँ, १० फागुन । काठमाडौँको सरकारी धार नजिक एक घरमा चोरी भएको छ । काठमाडौँ महानगरपालिका-२६ सरकारी धारा नजिक डेरा

काठमाडौँ, १० फागुन । सात महिनामा ८ अर्ब ६१ करोड रुपैयाँको अलैँची निर्यात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको

काठमाडौँ, १० फागुन । जनकपुरधाम उपमहानगरपालिका-४ शान्ति टोलबाट अवैध लागूऔषध गाँजा करिब ३ सय ५७ किलोग्राम शनिबार राति प्रहरीले बरामद