नेपालगञ्ज, ९ फागुन । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २१ बिर्ता गाउँका युवा इन्तजार भन्ने मोहम्मद अरबी खाँको हत्यामा संलग्न ५३ वर्षीय अफजल पठानलाई एक वर्षपछि पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक दिपाकपातलीका अनुसार प्रतिवादी पठानलाई नेपाल आउन लागेको समयमा नेपाल–भारत सीमा क्षेत्र जमुनाहाबाट पक्राउ गरिएको हो । घटना भएपछि उनी फरार थिए । लुकीछिपी भारत बस्दै आएका पठान नेपाल आउन लागेका बेला विशेष सूचनाका आधारमा उनलाई पक्राउ गरिएको सूचनाअधिकारी पातलीले बताए ।
बिर्ता गाउँका २२ वर्षीय खाँको २०८० चैत्र १८ गते घरदेखि पाँच सय मिटर पूर्व गंगारामपूर्वादेखि तेलियनपुर जाने बाटोमा धारिलो हतियार प्रयोग गरी हत्या भएको भएको थियो । हत्याको भोलिपल्ट रातिदेखि खाँ घरबाट सम्पर्कविहीन भएका थिए ।





