काठमाडाैँ, ९ फागुन । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रास्वपालाई लक्षित गर्दै केही दिन हावाहुरी आएजस्तो देखिए पनि हावाहुरी सधैँ नचल्ने जनताले बुझिसकेको जिकिर गरेका छन् ।
नेकपा दोलखा–काठमाडौं सम्पर्क निर्वाचन परिचालन कमिटीले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले इतिहासमा पाखा लगाइएका केही व्यक्तिहरूले निर्वाचन नहुने भ्रम फैलाइरहेको भन्दै आपत्ति जनाए ।
उनले चुनाव नहुने हल्ला र प्रचारका पछाडि नलाग्न र दृढतापूर्वक निर्वाचनको तयारीमा जुट्न आग्रह गरे । प्रचण्डले निर्वाचनको मिति नजिकिँदै गर्दा प्रतिक्रियावादी र प्रतिगामीहरूका चलखेलको केही अर्थ नरहेको स्पष्ट पारे ।





