धुर्मुसको ‘सेन्टी भाइरस’ युट्युबमा

काठमाडौँ, ९ फागुन । फिल्म ‘सेन्टी भाइरस’ शुक्रबार युट्युबमा सार्वजनिक गरिएको छ ।

 ‘सेन्टी भाइरस’ मा काभ्रे जिल्लाको गाउँमा हुने स्थानीय निकायको चुनाव र राजनीतिको कथा छ । त्यहाँको एक गाउँमा हुने चुनावको वरिपरि कथा घुम्छ, जहाँ राजनीतिक प्रतिस्पर्धाले एउटै परिवारभित्र तनाव सिर्जना गर्छ । सन् २०२० मा रिलिज भएको रामबाबु गुरुङ निर्देशित यो फिल्म चल्दाचल्दै मुलुकमा कोभिड लकडाउन सुरु भएको थियो । यो फिल्मले समीक्षकबाट मिश्रित प्रतिक्रिया प्राप्त गरेको थियो ।

यो फिल्मको शीर्ष भूमिकामा सीताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तलीले अभिनय गरेका छन् । पछिल्लो समय अमेरिकामा रहेका धुर्मुसले उतैबाट यो फिल्मको लिंक सेयर गरेका छन् । ओएसआर युट्युब च्यानलमा फिल्म रिलिज भएको हो ।

ध्रुवराम आफ्ना पार्टीका उम्मेदवारको पक्षमा उभिन्छन् भने उनकी पत्नी जुनेली सोही चुनावमा उम्मेदवार बनेका आफ्नै बाबुको समर्थन गर्छिन् । फरक-फरक पक्षमा उभिँदा दम्पतीबीच वैवाहिक द्वन्द्व उत्पन्न हुन्छ, जसलाई फिल्मले हास्यसँगै स्थानीय राजनीति र सम्बन्धको सामाजिक टिप्पणीका रूपमा प्रस्तुत गर्छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

सुनसरी, ९ फागुन । सुनसरीको भोक्राहा नरसिङ गाउपालिका-४ मा नेपाली कांग्रेसको चुनावी कार्यक्रममा प्रहरीद्धारा लाठीचार्ज भएको छ । सुनसरी क्षेत्र

पोखरा, ९ फागुन । सभापति रवि लामिछानेले सहकारीको रकम ठगी गर्दा आफ्नो छोराको विद्यालयको बिल तिर्न नपाएको भन्दै पोखरामा सहकारीपीडित

नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नयाँका नाममा समाजलाई गलत दिशातिर डोर्‍याउने प्रयास गरिरहेको आरोप लगाएका छन्

काठमाडौँ, ९ फागुन । नेपाल कम्युनिष्ट पार्टी (एमाले) वाग्मती प्रदेश कमिटी अध्यक्ष कैलाशप्रसाद ढुंगेलले नेकपा एमालेको सपना मुलुक बनाउने रहेको बताउनुभएको