काठमाडौँ विश्वकै प्रदूषित सहरको सूचीमा पाँचौँ स्थानमा, मोर्निङ वाक नगर्न सुझाव

काठमाडौँ, ८ फागुन । काठमाडौँ विश्वकै प्रदूषित सहरको सूचीमा शीर्ष ५ स्थानमा रहेको हो ।

वायु प्रदूषण्को तथ्यांक राख्ने आईक्यू एयरका अनुसार शुक्रबार बिहान काठमाडौँको एक्यूआई १८२ रहेको छ । यसको अर्थ काठमाडौँको वायुको गुणस्तर ‘अस्वस्थ’ रहेको छ । ० देखि ५० एक्यूआईसम्मको हावाको गुणस्तरलाई राम्रो मानिन्छ । त्यस्तै, ५१ देखि १०० एक्यूआईसम्मको हावाको गुणस्तरलाई मध्यम मानिन्छ ।

काठमाडौँको हावामा पीएम २.५ को कन्सन्ट्रेसन विश्व स्वास्थ्य संगठनको मापदण्डभन्दा १६.५ गुणा बढी रहेको आईक्यू एयरको तथ्यांकले देखाएको छ । काठमाडौँ उपत्यकाको त्रिपुरेश्वर, बालकोट, कोटेश्वर, कुमारीपाटीलगायत क्षेत्रमा सबैभन्दा धेरै वायु प्रदूषण मापन गरिएको छ ।

वायु प्रदूषण बढेसँगै बाहिर व्यायाम वा मोर्निङ वाक नगर्न सुझाव दिइएको छ । त्यस्तै, झ्याल ढोका बन्दा राख्न र एयर प्युरिफायरको प्रयोग गर्न पनि भनिएको छ । यसको साथै, बाहिर निस्कन परेमा मास्कको प्रयोग गर्न सुझाव छ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी सम्मेलन (कोप ३१) को सन्दर्भमा

काठमाडौँ, ११ कार्तिक । अबदेखि शिक्षकको विशेष बढुवा जिल्लाकै शिक्षा विकास तथा समन्वय इकाइ मार्फत हुने भएको छ ।  नयाँ

काठमाडौँ, ११ कार्तिक । लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी केबलकारमा भारतीय पर्यटकको आगमनमा उल्लेखनीय वृद्धि भएको छ

काठमाडौँ, ११ कार्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसहित