सेयर बजार २६ अंकले घट्यो

काठमाडौँ, २६ माघ । आज सेयर बजार २६.०५ अंकले घटेको छ । 

यस दिन नेप्से परिसूचक २६७२.३९ विन्दु कायम भएको छ । अघिल्लो दिन १०.२४ अंकले घटेको थियो । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आज १० अर्ब ७७ करोड ३९ लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ, जुन दुई करोड ६७ लाख ६६ हजार ३४७ कित्ता एक लाख दुई हजार २८१ पटक किनबेच गर्दा भएको हो । 

अघिल्लो दिन ११ अर्ब ६५ करोडभन्दा माथि कारोबार भएको थियो । आज खानीखोला हाइड्रोपावरको मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस्तै, रिदी पावर कम्पनी, लिबर्टी इनर्जी, नेसनल हाइड्रोपावर, त्रिशूली जलविद्युत्लगायत ४२ कम्पनीको मूल्य बढेको छ ।  १३ वटा समूहगत सूचकतर्फ व्यापारबाहेक सबै सूचक राताम्मे छन् । 

 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २७ माघ । रामेछापको सेलेघाटमा यात्रुवाहक बस तामाकोशी नदीमा खसेको छ । काठमाडौँबाट ओखलढुङ्गा जाँदै गरेको ९९७५ नम्बरको बस

मोरङ, २७ माघ । पेस्तोल र वाकिटकीसहित दुई जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बेलबारी मोरङले मोरङको सुन्दरहरैचा

दार्चुला, २७ माघ । जिल्ला प्रहरी कार्यालय दार्चुलामा कार्यरत हवल्दार योगेन्द्र घर्तीको शव फेला परेको छ । मंगलबार बिहान दार्चुलाको

झापा, २७ माघ । बिर्तामोड नगरपालिका–२ चारपानेस्थित एक उद्योगमा गए राति विद्युत चुहावट (करेन्ट) लागेर एक मजदुरको मृत्यु भएको छ