डिजिटल रूपान्तरण गर्न विश्व बैंकले नेपाललाई सवा सात अर्ब ऋण दिने

काठमाडौँ, २७ माघ । नेपालको डिजिटल सार्वजनिक पूर्वाधारलाई सुदृढ गर्न विश्व बैंकले पाँच करोड अमेरिकी डलर ऋण स्वीकृत गरेको छ ।

फ्रेब्रुअरी ९ मा विश्व बैंकको कार्यकारी निर्देशक बोर्डले पाँच करोड डलरबराबरको वित्त पोषण स्वीकृत गरेको हो । जून सात अर्ब २७ करोड ६० लाख रुपैयाँबराबर हुन आउँछ । यो सहयोग डिजिटल अर्थतन्त्रमा विश्वास बढाउन इलेक्ट्रोनिक हस्ताक्षर, साइबर सुरक्षा र डाटा गभर्नेन्समा विशेष लगानी गरिने विश्व बैंकले जनाएको छ । यस परियोजनाको कार्यान्वयन सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले संयुक्त रूपमा गर्नेछन् । 

विश्व बैंकका अनुसार, यस परियोजनाले नेपालको डिजिटल इकोसिस्टमलाई मजबुत बनाउन विभिन्न क्षेत्रमा लगानी गर्नेछ । विश्व बैंकका माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि डिभिजन निर्देशक डेभिड सिस्लेनले कोर डिजिटल प्लेटफर्ममा लगानी गर्दा जनता र व्यवसायहरूलाई समावेशी र पारदर्शी रूपमा सेवा प्रदान गर्न मद्दत पुग्ने बताए । यसले सार्वजनिक क्षेत्रको दक्षता र सुशासनमा उल्लेख्य सुधार ल्याउने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २४ असोज । नेकपा (एमाले)का महासचिव योगेश भट्टराईले पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई तीन सुझावहरु दिएका छन् । आफ्नो

काठमाडौँ, २४ असाेज । राष्ट्रपति रामचन्द्र पौडेलले हाम्रो शिक्षाप्रणालीले विद्यार्थीलाई केवल वर्तमानका लागि मात्र होइन; भविष्यका चुनौती र अवसरका लागि

काठमाडौँ, २४ असाेज । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा थापा ६ हजार

काठमाडौँ, २४ असाेज । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले