पिउने पानीमा एमोनिया फेला

काठमाडौँ, ११ माघ । काठमाडौँ उपत्यकामा वितरण हुँदै आएको जारको पिउने पानीमा मानव स्वास्थ्यका लागि हानिकारक मानिने एमोनिया फेला परेको छ । 

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमनका क्रममा भक्तपुरमा रहेको श्रीकृष्ण बेभरेजले उत्पादन गरेको जारको पानी परीक्षण गर्दा एमोनिया पोजेटिभ पाइएको हो ।

मोबाइल खाद्य प्रयोगशाला भ्यानमार्फत गरिएको प्रारम्भिक परीक्षणमै पानीमा एमोनिया भेटिएपछि थप परीक्षणका लागि नमुना सङ्कलन गरिएको विभागले जनाएको छ । 

कागेश्वरी मनोहरा नगरपालिका–९ अन्तर्गत गोठाटार क्षेत्रका विभिन्न खाद्य उद्योग र व्यवसायको अनुगमनका क्रममा जार भर्ने प्रक्रियामा समेत गम्भीर लापरबाही देखिएको थियो । निरीक्षणका बेला श्रमिकले हातमा पन्जा नलगाई जार भर्ने गरेको पाइएपछि सरसफाइप्रति उद्योगको बेवास्ता प्रस्ट भएको विभागको भनाइ छ ।

त्यस्तै, शीतल जल उद्योगमा पनि श्रमिकको व्यक्तिगत सरसफाइ कमजोर रहेको र प्रशोधित पिउने पानी उत्पादन मापदण्डसम्बन्धी निर्देशिका अनुसार राख्नुपर्ने अभिलेखसमेत नराखिएको पाइएको छ । विभागले पुराना तथा कुच्चिएका जार प्रयोग नगर्न र तत्काल सरसफाइ सुधार गर्न निर्देशन दिएको छ ।

उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष सम्बन्धित विषयमा लापरबाही सह्य नहुने भन्दै विभागले दोषी देखिएका उद्योगलाई कडा चेतावनी दिएको छ। एमोनिया भेटिएको श्रीकृष्ण बेभरेजमाथि कारबाही प्रक्रिया अगाडि बढाइएको विभागले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० भदौ । सभामुख डीपी अर्यालले रास्वपा सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीविरुद्ध दिएको अभिव्यक्ति रेकर्डबाट हटाउन निर्देशन

काठमाडौँ, ३० भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहिर अलि भाटले साताको एक दिन आइतबार दिइँदै आएको बिदा

काठमाडौँ, ३० भदौ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालमा रोजगारीका अवसर सिर्जना गर्ने सम्भावना रहेको खर्क तथा चरन क्षेत्रको विकासमा

काठमाडौँ, ३० भदौ । प्रतिनिधिसभामा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग भेटवार्ता गरेका छन्