वित्तीय असन्तुलनले स्वास्थ्य बिमा प्रभावकारी बनाउन सकिएन : स्वास्थ्यमन्त्री

काठमाडौँ, ११ माघ । स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्मा गौतमले वित्तीय असन्तुलन र समयमा नै दाबी भुक्तानी नभएका कारण स्वास्थ्य बिमालाई प्रभावकारी बनाउन समस्या भएको बताएकी छिन् । 

आज आफ्नो तीनमहिने कार्यकालमा भएका कामकारबाहीबारे जानकारी दिन मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री गौतमले स्वास्थ्य बिमालाई प्रभावकारी बनाउन आफूहरूले पहिलो दिनदेखि नै कार्य सुरु गरे पनि विभिन्न समस्याका कारण सफल हुन नसकेको बताइन् । 

स्वास्थ्य जोखिम उच्च भएका व्यक्तिको अधिक सहभागिता, अनावश्यक सेवा उपभोग, दाबी व्यवस्थापनमा कमजोरीलगायत समस्या स्वास्थ्य बिमा क्षेत्रमा देखिएको उनको भनाइ छ । 

मन्त्री गौतमले स्वास्थ्य बिमा बोर्डको ओएनएम सर्वेक्षण प्रतिवेदन तयार भएको र स्वीकृतिको प्रक्रिया अघि बढाइएको बताइन् । गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न जनशक्ति तयार अवस्था रहे पनि भौतिक पूर्वाधारका क्षेत्रमा धेरै सुधार गर्न कठिन भएको उनको भनाइ छ । 

जेनजी घाइतेहरूको उपचार तथा व्यवस्थापन, मातृ तथा नवजात शिशु, मानसिक, वैदेशिक रोजगारमा संलग्न श्रमिक नेपालीको स्वास्थ्य, खरिद तथा आपूर्ति व्यवस्थापन, औषधि प्रयोगशाला सुधार, स्वास्थ्य बिमालगायतलाई प्रमुख प्राथमिकतामा राखेर काम गरिरहेको पनि उनले जानकारी दिइन् । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ असोज । सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको ‘फेडेरल अफिस अफ कम्युनिकेसन्स’ (ओएफसीओएम) का वरिष्ठ नीति सल्लाहकार इसाबेल

काठमाडौँ, २१ असाेज । बिजुली उत्पादन गर्ने, ग्रिडमा पुर्‍याउने र बजारमा बेच्ने: नेपालको ऊर्जा क्षेत्रमा अब यी तीन चरण छुट्टाछुट्टै

काठमाडौँ, २१ असोज । नेपाली कांग्रेसका सभापति गगन थापासँगको छलफलपछि डाक्टर मिनेन्द्र रिजालले उम्मेदवारी फिर्ता लिएका छन् ।  थापासँगको छलफलपछि

काठमाडौँ, २१ असोज । राष्ट्रिय दलित आयोगले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गरेको छ ।