वित्तीय असन्तुलनले स्वास्थ्य बिमा प्रभावकारी बनाउन सकिएन : स्वास्थ्यमन्त्री

काठमाडौँ, ११ माघ । स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्मा गौतमले वित्तीय असन्तुलन र समयमा नै दाबी भुक्तानी नभएका कारण स्वास्थ्य बिमालाई प्रभावकारी बनाउन समस्या भएको बताएकी छिन् । 

आज आफ्नो तीनमहिने कार्यकालमा भएका कामकारबाहीबारे जानकारी दिन मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री गौतमले स्वास्थ्य बिमालाई प्रभावकारी बनाउन आफूहरूले पहिलो दिनदेखि नै कार्य सुरु गरे पनि विभिन्न समस्याका कारण सफल हुन नसकेको बताइन् । 

स्वास्थ्य जोखिम उच्च भएका व्यक्तिको अधिक सहभागिता, अनावश्यक सेवा उपभोग, दाबी व्यवस्थापनमा कमजोरीलगायत समस्या स्वास्थ्य बिमा क्षेत्रमा देखिएको उनको भनाइ छ । 

मन्त्री गौतमले स्वास्थ्य बिमा बोर्डको ओएनएम सर्वेक्षण प्रतिवेदन तयार भएको र स्वीकृतिको प्रक्रिया अघि बढाइएको बताइन् । गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न जनशक्ति तयार अवस्था रहे पनि भौतिक पूर्वाधारका क्षेत्रमा धेरै सुधार गर्न कठिन भएको उनको भनाइ छ । 

जेनजी घाइतेहरूको उपचार तथा व्यवस्थापन, मातृ तथा नवजात शिशु, मानसिक, वैदेशिक रोजगारमा संलग्न श्रमिक नेपालीको स्वास्थ्य, खरिद तथा आपूर्ति व्यवस्थापन, औषधि प्रयोगशाला सुधार, स्वास्थ्य बिमालगायतलाई प्रमुख प्राथमिकतामा राखेर काम गरिरहेको पनि उनले जानकारी दिइन् । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी सम्मेलन (कोप ३१) को सन्दर्भमा

काठमाडौँ, ११ कार्तिक । अबदेखि शिक्षकको विशेष बढुवा जिल्लाकै शिक्षा विकास तथा समन्वय इकाइ मार्फत हुने भएको छ ।  नयाँ

काठमाडौँ, ११ कार्तिक । लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी केबलकारमा भारतीय पर्यटकको आगमनमा उल्लेखनीय वृद्धि भएको छ

काठमाडौँ, ११ कार्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसहित