महेश बस्नेतद्वारा उम्मेदवार दर्ताः स्थानीयवासीले भने, ‘उज्यालो दिनको संकेत’

भक्तपुर, ६ माघ । नेकपा (एमाले)का सचिव महेश बस्नेतले आफ्नो उम्मेदवार दर्ता गर्नुभएको छ ।

आज मध्यपुर थिमीको बोडे स्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगी जिल्लाको क्षेत्र नं. २ को एमालेको तर्फबाट उम्मेदवार दर्ता गराउनुभयो । सचिव बस्नेतको उम्मेदवारी दर्ताको एमाले उपत्यका विशेष प्रदेश कमिटीका सहसचिव शसी जंग थापा, जिल्ला कमिटी अध्यक्ष बचन देउजा, उपाध्यक्ष तथा बागमती प्रदेशको स्वास्थ्य मन्त्री किरण थापा, प्रदेश सांसद सकुन्तला श्रेष्ठ, सूर्यविनायक नगरपालिकाका प्रमुख बाशुदेव थापा, मध्यपुर थिमी नगरपालिकाका पूर्वप्रमुख मदनसुन्दर श्रेष्ठ, एमालेका पूर्वकेन्द्रीय सदस्य निर्मल भट्टराई लगायतका सयौंको संख्यामा कार्यकर्ताको उपस्थिती रहेको थियो ।

सो क्रममा नेता बस्नेतले आफ्नो उम्मेदवारी भक्तपुर जिल्लाको भाग्य र भविष्यको उज्यालो दिनेको संकेतको रुपमा रहेको उल्लेख गर्नुभयो । ‘परिवर्तनशील समाजको नेतृत्व गर्दै भक्तपुरको विकास र समृद्धिको नेतृत्व गर्ने समय रुपमा आजको दिनलाई हेरेको छु,’, उहाँले भन्नुभयो, ‘मसँगको प्रतिष्पर्धाको लागि अन्य दलले तय गरेको उम्मेदवारहरु पनि मलाई विजयी होस् भन्ने आसयले नै चयन गरेको जस्तो देखिन्छ । त्यसैले आजको दिन भक्तपुर जिल्लाकै लागि उज्यालो दिनको शुरुवातको रुपमा लिएको छु ।’

उम्मेदवारी दर्ता गर्ने क्रममा सचिव बस्नेतले निर्वाचन हुने दिशामा मुलुक अघि बढ्नु सकारात्मक भएको प्रतिक्रिया दिनुभयो । संविधानमाथि भएको हमलाबाट जोगाउँदै जेनजी आन्दोलनमा क्षति भएका सार्वजनिक संरचनाको पुनर्निर्माणमा जुट्नुपर्ने पनि बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘मुलुक जटिल परिस्थितीमा रहेको समयमा पनि मुलुक निर्वाचनको प्रकृयामा अगाडी बढ्न खोज्नु सकारात्मक कुरा हो । निर्वाचनको प्रकृयालाई भने हामीले चनोखोपूर्ण तरिकाले भाग लिएका छौं । आन्दोलनको नाममा विदेशी शक्तिको आडमा संसद भवन, सिंहदरवार, सर्वोच्च अदालत लगायतका संरचनाहरुको पूनःनिर्माण गर्नुपर्नेछ । विदेशी आडमा देशै समाप्त पार्ने, संविधानलाई समाप्त पार्ने खेल भइरहेको छ । त्यसलाई जोगाउनुपर्नेछ ।’

आगामी निर्वाचनमा एमालेलाई बहुमत प्राप्त हुने भन्दै सचिव बस्नेतले समृद्ध नेपाल सुखी नेपालीको अभियानलाई साकार पार्ने दावी गर्नुभयो । केपी ओलीलाई आगामी सरकारको प्रधानमन्त्री बनाउने गरी एमालेले देशैभर उम्मेदवार मनोनयन गरिरहेको उल्लेख गर्दै उहाँले समृद्ध नेपाल : सुखी नेपालीको अभियानलाई पुरा गर्ने प्रतिवद्धता जनाउनुभयो ।

बस्नेतले अराजकता र आपराधिक तत्त्वहरू राजनीतिमा हाबी हुँदै पपुलिस्ट प्रवृत्ति मौलाइरहेको वर्तमान अवस्थामा लोकतन्त्र, विधिको शासन र संविधानको रक्षा गर्नु सबैको साझा दायित्व भएको उल्लेख गर्नुभएको छ। साथै उहाँले भ्रष्टाचार नियन्त्रण गर्दै सुशासन स्थापित गर्नु आजको प्रमुख आवश्यकता भएको धारणा राख्नुभएको छ।

उहाँले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा आफू महेश बस्नेतसहित नेकपा (एमाले) लाई मतदान गरी बहुमत दिलाउन भक्तपुरवासी दाजुभाइ तथा दिदीबहिनीहरूमा अनुरोध गर्नुभएको छ। उहाँले राष्ट्रवादी र विकासवादी नेता केपी शर्मा ओलीलाई पुनः प्रधानमन्त्री बनाउन मतदाताको समर्थन आवश्यक रहेको बताउनुभएको छ।

उहाँले उम्मेदवार दर्ताकै क्रममा नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट रामप्रसाद सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार राजिव खत्री लगायतले पनि उम्मेदवारी दर्ता गराएका छन् । सो क्रममा सहभागि एमालेभन्दा फरक विचार राख्ने कार्यकर्ताले समेत महेश बस्नेत नै उत्कृष्ट र भक्तपुरको आवश्यकता रहेको बताए ।

रास्वपा तथा नेकपाको र्यालीमा रहभागि एक कार्यकताले आफ्नो नाम उल्लेख नगर्ने सर्तमा भने, ‘महेश बस्नेत भनेको भक्तपुरको ब्राण्ड हो, विकासको पर्यायवाची नाम हो । उनीसँग अरु टुरिष्ट उम्मेद्वारको तुलना गर्न मिल्दैन । र्यालीमा आफ्नो पार्टीमा हिड्ने हो, भोट भने सूर्य (महेश)लाई नै दिने हो । उनलाई भोट नदिनु भनेको भक्तपुरलाई फेरी पाँच वर्ष अध्यारोमा राख्नु हो । यो २०७९ को निर्वाचनमा महेशलाई हराउँदा अहिले हामीले देखिरहेका छौं, भोगिरहेका छौं । त्यो पिडालाई भुल्न सकिँदैन ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

हेटौँडा, २४ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेश संसदीय दलले पार्टीको ह्विप उल्लङ्घन गरेको आरोपमा आफ्ना ५ जना

काठमाडौँ, २४ भदौ । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले पार्टीभित्र देखिएका आन्तरिक विवाद र मतभेदका विषयलाई संवादको माध्यमबाट समाधान

मकवानपुर, २४ भदौ । जिल्ला भूमि समस्या समाधान समिति मकवानपुरले मकवानपुरगढी गाउँपालिकामा वडा नं ३ का ६ भूमिहिन सुकुम्बासी परिवारलाइ

काठमाडौँ, २४ भदौ । हालै आएको बाढीका कारण आपूर्ति प्रणालीमा परेको असरले काठमाडौँ उपत्यकामा एलपी ग्यासको आपूर्ति केही असहज भएको