सुशान्त केसीद्वारा ‘अस्ट्रेलिया टूर’ को घोषणा

काठमाडौँ, १ माघ । गायक सुशान्त केसीले अस्ट्रेलिया टूर २०२६ को घोषणा गरेका छन् ।

यो टूर फेब्रुअरीदेखि मार्चको पहिलो सातासम्म चल्ने उनले जानकारी दिएका छन् । २१ फेब्रुअरीमा पर्थदेखि सुरु हुने उनको टूर ६ मार्चमा सिड्नी पुगेर टुंगिनेछ । २४ फेब्रुअरीमा ब्रिसबेन, २६ फेब्रुअरीमा एडिलेड, २ मार्चमा मेलबर्नमा हुने केसीले जनाएका छन् ।

यसअघि उनले सन् २०२२ मा ‘ड्रीम फेस्ट टूर’ अन्तर्गत अस्ट्रेलियामा प्रस्तुति दिएका थिए । २ वर्षपछि उनी अस्ट्रेलियाको नेपाली डायस्पोरामा गुञ्जिन लागेका हुन् ।

‘अन्ततः सुशान्त केसी घर फर्किदैंछन् । यो होमकमिङ भावको टूर हुनेछ’ उनले इन्स्टाग्राममा पोस्ट गरेको जानकारीमा उल्लेख छ, ‘पाँच सहर, एक आवाज, लाखौं भावना । यो टूर मात्र होइन, यो घर फिर्ती हो ।’

सुशान्तको यो कन्सर्टको लागि टीआरएन इभेन्ट्सले टिकट पनि विक्री थालेको छ । ‘मेरो अस्ट्रेलियाको यात्राले पूर्णता पाउँदैछ’ टूरको तयारीबारेको भिडियो सेयर गर्दै सुशान्तले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ माघ । दार्चुलामा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार बुधबार महाकाली नगरपालिका–२ दल्लेख धार

काठमाडौँ, १ माघ । सुनसरीमा ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । जिल्ला

काठमाडौँ, १ माघ । बजारमा पिँडालु, तरुल र सखरखण्डको मूल्य घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले

काठमाडौँ, १ माघ । लागुऔषध सेवन गरेर सवारीसाधन चलाउने चारजना चालकलाई पक्राउ गरिएको छ ।  उपत्यका ट्राफिक प्रहरीको टोलीले बुधबार