लागुऔषध सेवन गरी सवारी चलाउने ४ जना पक्राउ

काठमाडौँ, १ माघ । लागुऔषध सेवन गरेर सवारीसाधन चलाउने चारजना चालकलाई पक्राउ गरिएको छ । 

उपत्यका ट्राफिक प्रहरीको टोलीले बुधबार साँझ सीतापाइलाबाट चेकजाँचका क्रममा लागुऔषध सेवन गरी सवारीसाधन चलाएको देखिएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको हो  । 

पक्राउ परेकाहरूमा तीनजना सार्वजनिक बसका चालक छन् । एकजना भने ट्याक्सी चालक हुन् । बुधबार ट्राफिक, प्रहरी अस्पताल र लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको संयुक्त टोलीले बुधबार १८ वटा सवारीसाधनका चालकलाई जाँच गरेको थियो । जसमध्ये चारजनाले लागुऔषध सेवन गरेका खुलेको हो । उनीहरूमाथि प्रहरीले थप अनुसन्धान जारी राखेको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, १ माघ । संयुक्त राष्ट्रसङ्घीय निकाय (युएनआरडब्लुए) का आयुक्त–जनरल फिलिप लाजारिनीले इजरायली सेनाले अन्तर्राष्ट्रिय कानूनको उल्लंघन गर्दै संस्थाद्वारा सञ्चालित

एजेन्सी, १ माघ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन युद्धमा जारी गतिरोध अन्त्यका लागि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई दोष दिएका छन्

एजेन्सी, ३० पौष । संयुक्त राष्ट्रसङ्घको विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी) ले यस वर्ष खाद्य असुरक्षाको सङ्कट बढ्ने चेतावनी दिएको छ ।

एजेन्सी, ३० पौष । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग वार्ताको सम्भावना सकिएको बताएका छन् । उनले सहयोगको वाचासहित विरोध प्रदर्शन जारी राख्न